डा. हेमा छन्त्याल, जस्को घरघरमा प्रशंसा छ : धौलागिरी अन्चल अस्पताल, जस्को सर्वत्र निन्दा छ !

बागलुङ २०७५ साउन २८ । यतिबेला धौलागिरी अन्चल अस्पतालको अक्षमता र पर्वत जिल्ला अस्पतालकी डा हेमा छन्त्यालको कुशलताको प्रशंसा चरमचुलीमा छ ।

सामाजिक सन्जाल फेसबुुक तथा सन्चार माध्यमहरुमा व्यापक चर्चा पाएको एक प्रसुती घटनाले धौलागिरी अन्चल अस्पतालका डाक्टरहरुको क्षमता माथि गम्भीर प्रश्न उत्पन्न भएको छ भने अर्को तिर पर्वत जिल्ला अस्पतालकी डाक्टर छन्त्यालको हिम्मत सहितको कार्य कुशलताले सबैको हाईहाई पाएको छ ।

श्रोतका अनुसार गत शुक्रबार बागलुङ नगरपालिका ८ सिगाना बेथीकी सरस्वती जीसी आफ्ना श्रीमान शंकर जीसी सहित प्रसुतीका लागि धौलागिरी अन्चल अस्पताल आएकी थिईन् । उनलाई यहाँ प्रसुती गराउन नसकिने भनी पोखरा रिफर गरेपछी उनलाई डेलिभरीका लागि ट्याक्सीमा पोखरा लिएर जाँदै गदा पोखरा बागलुङ राजमार्ग अवरुद्ध भएपछी प्रसुती बेदनाले छट्पटाई रहेकी जीसीलाई फर्काएर पर्वत जिल्ला अस्पताल लगियो । त्यहाँपनि प्रसुती गराउन आवश्यक उपकरण नभएपछी त्यहा कार्यरत डाक्टर हेमा छन्त्यालले बेनी अस्पतालमा फोन सम्पर्क गरी प्रसुतीका लागि आवश्यक उपकरण तयार पार्न लगाई प्रसुती बेदनाले छटपटाई रहेकी जिसीलाई स्वयं साथै लिएर बेनी पुगिन् र हिँजो आईतवार डेलिभरी गराईन् । अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पताल श्रोतले बताएको छ ।

धौलागिरी अन्चल अस्पतालको यो पछिल्लो प्रसुती घटनाले धेरै कुराहरुलाई उजागर गरेको छ । आफ्नो ड्यूटी सकेर बाहिर निस्किएका डाक्टरहरुलाई मेडिकल सुपरिटेन्डेन्टले बाटैमा हप्काएर बेईज्जत गर्ने, बिरामीसंग कहिल्यै नम्र बचन नगर्ने, साधारण विषयमा कुरा चल्दा पनि जंगिने, निहुँ खोज्ने, विरामीहरुलाई तथानाम गाली गर्ने, बिरामीहरुसंग भीड्नै तम्सिने स्वभावले अस्पतालको वातावरण गन्हाएको छ । डरलाग्दो बास्तविकता त के छ भने डाक्टरहरु यहाँ आउन नमान्ने, करबलले आएपनि मिल्न नसकेर सरुवा खोज्ने, अर्कोतिर स्थानीय जनताले अस्पतालको सेवा प्रति नै विश्वास गर्न छोडेका छन् ।

बागलुङको बिडम्वना पनि गजबको छ, बागलुङ नगरपालिकाको एकै वडाका तीन जना सहित चार जना प्रतिनिधी सभा सदस्यहरु छन्, स्वास्थ्य उपचौकीको स्तरमा झरिसकेको अन्चल अस्पतालको उचित व्यवस्थापनमा माननीयहरुको ध्यान कहिले सम्म जाला ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *