Menu

‘स्थानीय सरकार सन्चालनमा युवाको भुमिका’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न !

दिनेश शर्मा, बडीगाड २०७५ साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज बडीगाड गाउपालिकामा बडीगाड युवामन्चको आयोजना बडीगाड गाउपालिकाको प्रायोजन र भानु मा बि ग्वालिचौर टारीको सहयोगमा मा.बि स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

‘स्थानीय सरकार सन्चालनमा युवाको भुमिका’ बिषयक उक्त प्रतियोगितामा भिमगिठे आदर्श एकेडेमी भिमगिठे, बुद्ध मावि खाल, भानु मावि ग्वालीचौर त्रिभुवन माबि खर्बाङ, वेल्फेयर बोर्डिङ स्कुल गरि ६ वटा बिद्यलयका सात जना प्रतिस्पर्धीहरु सहभागी थिए।

बडीगाड युवामन्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता गाउपालिका अध्यक्ष मेहरसिंह पाइजाको प्रमुख आतिथ्यता वडा न ५ का वडा अध्यक्ष अर्जुन खरेल, भानु मा बि का प्र अ केशब खरेल, युवामन्चका पुर्ब सचिब कृष्ण भट्टराई गाउपालिका लेखा अधिकृत कृष्ण प्रसाद सुवेदी, गाउपालिकाका कर्मचारीहरु थम्मन रेश्मी, जोकलाल मगर प्रतिश्पर्धी बिद्यालयका शिक्षक प्रतिनिधि लगाएतको आतिथ्यता र शिक्षक बिद्यार्थी हरुको व्यापक उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष पाइजाले गाउपालिकाले युवाहरुको जोश जागर र सिर्जनशिलताको भरपुर सदुपयोग गर्दै बिकास निर्माणमा अगाडि बढने प्रतिबद्धता जाहेर गर्दै युवाहरुलाइ एकजुट भएर बिकास निर्माण र समृद्धिमा लागन आह्वान गरे।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले युवा मैत्री नीति निर्माण गरि स्वरोजगार सिर्जना गर्न गाउपालिकालाई सुझाव दिएका थिए।

प्रतिष्पर्धामा त्रिभुवन मा बि खर्बाङमी छात्रा अन्जु गिरि प्रथम, भानु मा बि की छात्रा शिखा धिताल व्दितिय र भिमगिठे आदर्श एकेडेमीका बिश्वास थापा तृतीय भएका थिए।

मुल्याङ्कन कर्तामा कार्यक्रम सस्थाका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तब्य र सहसचिब प्रदिप खरेलको सन्चालनमा बडिगाड ५ शिक्षक व्दय नेत्रप्रसाद गौतम, बद्रीनाथ घिमिरे र दिनेश शर्मा रहेका थिए। आयोजक सस्थाले सबै प्रतिस्पर्धीलाई सान्त्वना, प्रथम व्दितिय र तृतियलाई बिशेष पुरस्कारको ब्यवस्था गरेको थियो।

कार्यक्रम सस्थाका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तब्य र सहसचिब प्रदिप खरेलको सन्चालनमा बडिगाड ५ ग्वालिचौरको भानु माबी मा सम्पन्न भएको छ।ग्वालिचौरको भानु माबीमा सम्पन्नभएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *