Menu

पर्वत अर्मादीमा ट्रकलाई साईड दिँदा बागलुङ आउदै गरेको माईक्रोबस दुर्घटना !

बागलुङ २०७५ साउन २७ । काठमाडौ देखी बागलुङ आउदै माईक्रोबस पर्वत कुस्मा नगरपालिका – २ को अर्मादीमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वत कुस्माका अनुसार बागलुङ आउदै गरेको बा ४ ख ३२३८ नम्बरको हाइस माईक्रोबसले ना ७ ख १६६५ नं को ट्रकलाई साईड दिँदा माईक्रोबस करीब १५ मिटर जति तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा कुनै यात्रुलाई गम्भीर चोट नलागेको उद्धारमा खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।

माईक्रोबसमा सवार ६ जना यात्रुहरु धौलागिरी अन्चल अस्पतालमा सामान्य उपचार पछी घर फर्किएको जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

यसैबीच आजै विहान तंग्रामबाट सदरमुकाम आउदै गरेको ध १ ज ४८६९ को यात्रुबाहक जीप दुर्घटना हुँदा त्यस्मा सवार एक जना घाईते यात्रुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पताल श्रोतले बतायो । दुईजना साधारण घाईतेको धौलागिरी अन्चलमा उपचार गरिएको थियो ।

तस्वीर सौजन्य- सोम जीसी, जलजला, नाङ्लिबाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *