Menu

ईप्रका बुर्तिबाङको टोलीद्वारा निसीखोलाको भल्कोट एरीयामा ६५० रोपनी जग्गामा गाँजा फडानी !

बुर्तिवाङ २०७५ साउन २७ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङको सक्रियतामा नीसीखोला गाउँपालिका वडा नं ६ को बिभिन्न स्थानमा भाँगो (गाँजा) फडानी गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रकाश यादबको नेतृत्वमा निसीखोला गएको टोलीले हिँजो साँझ ५ बजेदेखी निसीखोला वडा नं ६ भल्कोटका बिभिन्न स्थान रिबाङ, सेलबाङ, ओस्कर , खुर्चुङ , चुसीबाङ , तिग्रापानी, रिनुबाङ, जीपा , चिरबाङ भन्ने स्थानबाट करीब ६५० रोपनी क्षेत्रमा लगाएको गाँजा फडाँनी गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नीरीक्षक ओम प्रकास यादवले जानाकारी दिए ।

आफै उम्रिएका गाँजाका बोट, वन तथा घर बारीमा हुने भएका कारण बुर्तिबाङ प्रहरी र निसी प्रहरी टोलीव्दारा उक्त क्षेत्रको गाँजाको बोट प्रत्यक वर्ष नष्ट गरिदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *