Menu

फिरफिर पानी प-यो कि गड्डाँडाको पहिरो खस्यो …

बागलुङ २०७५ साउन २७ । मध्यपहाडी लोकमार्गको अधिकाँश भागहरु पहिरोले गर्दा लोकमार्ग अबरुद्ध हुने गर्दा सवारी र यात्रुहरुले कुनै पनि समय सास्ती खेप्नु परेको छ । बडीगाड ६ भीङगिठे सिस्नेरीको पहिरो र काठेखोला ६ बिहुँ टापुको पहिरो अनि गल्कोट ७ र ९ वडाको बीचमा पर्ने गड्डाँडाको पहिरो बिभरका छन् । कति बेला पहिरो खस्छ र लोकमार्ग अवरुद्ध हुन्छ भन्ने पत्तो पाउनै सकिने अवस्था छैन ।

केहि बेर पहिले साँझ ७ बजेको समयमा गल्कोटको वडा ७ र ९को बीचको गड्डाँडामा पहिरो झरेर लोकमार्ग अवरुद्ध बन्यो । सोहि ठाउँको पहिरोले हिँजा शनिवार पनि लोकमार्ग अबरुद्ध बनायो । हिँजो त ठेकदारको डोजरले पहिरो सफा गरेर सवारी सन्चालनमा आए अघि गएको पहिरो भने .लोकमार्गमा रोकिएका सात आठ सवारी साधनका चालक र यात्रुहरुले सडकमा थुप्रिएको माटो पन्छाएर अबरुद्ध सडक कामचलाउ रुपमा सन्चालन ल्याएर गन्तव्य तिर लागेको स्थानीय समाजसेवी शिशिर मल्लले जानकारी दिए ।

अहिले सिमसिम पानी परिरहेको छ, पानी अली बढ्यो भने पहिरो झर्ने हुनाले पुन लोकमार्ग अबरुद्ध हुने अवस्था नआउला भन्न सकिन्न, मल्लले ईबागलुङलाई बताए ।

हिउँदमा सुख्खा पहिरो वर्षामा बाढी पहिरोले लोकमार्गलाई अबरुद्ध पार्दै आएको छ । निर्माणाधीन अवस्थामा रहेको लोकमार्गको बागलुङ सदरमुकाम देखी अक्षेते सम्मको खण्डले लोकमार्गको व्यवस्थापकीय पक्षलाई गिज्याई रहेको छ ।
तस्वीर- शिशिर मल्ल मल्म, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *