Menu

युवा शक्तिको उचित प्रयोग र सहि अर्थमा परिचालन गर्न नसक्दा देशको सम्बृद्धिमा चुनौती : प्रजिअ खरेल

सुमन जिसी, बागलुङ २०७५ साउन २७ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ नगरपालिकाको संयूक्त आयोजना तथा चारतारे युवा क्लव सिवाईसी नेपालको सहयोग एवं सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतीथि खरेलले यस्तो बताएका हुन् ।

युवाहरु परिवर्तनका संवाहाक भएको बताउदै प्रजिअ खरेलले परिवर्तनका लागि नयाँ सोच, उर्जा, चेतना, मौलिकता र गर्न सक्छु भन्ने आँट चाहिने र त्यसका लागि युवा अपरिहार्य भएको बताए । नेपालमा युवा शक्तिको उचित प्रयोग र सहि अर्थमा परिचालन गर्न नसकिएकाले देशको समृद्धिमा चुनौती थपिरहेको प्रजिअ खरेलको भनाई थियो ।

हामा्र देशका युवाहहरु रोजगारी, अध्ययन तथा रोजगारको खोजीमा विदेश जाने क्रम उल्लेख्य रहेको उल्लेख गर्दै खरेलले युवाहरुको विदेश पलायनलाई रोक्नका लागि राज्यले नीतीगत कदम चाल्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सिवाईसी सञ्जालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले समृद्ध देश बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउदै नेपालको राजनीतिले युवाहरुलाई तोड फोड गर्न मात्र सिकाएको आरोप लगाए । युवाहरुलाई कृषि मार्फत आत्मनिर्भरता तर्फ लैजानुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा लगाएतले शुभकामना मन्तव्य राखेकी थिईन् ।

कार्यक्रममा जिल्ला युवा समितिका कार्यालय प्रमुख एवंं जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले युवा समितिले गर्ने कार्यहरु, नेपालमा युवाको अवस्था, युथ भिजन २०२५, बागलुङ जिल्लामा युवाको अवस्था लगाएतका विषयहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । सोही क्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका बागलुङका श्रोत व्यक्ती ढकवहादुर पुनले ग्लोबल सिटिजन विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले आफ्नो सम्मानको संस्कार अन्तर्गत सिवाईसीको माध्यमवाट देशको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याए वापत सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र युवा प्रतिभा सम्मान अन्तर्गत जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका बागलुङका श्रोत व्यक्ती ढकवहादुर पुन सहभागिहरु अर्जुन ढकाल, मनिषा गौतम र अस्मिता शर्मालाई टिका तथा खादाबाट सम्मान गरेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरको अध्यक्षता युवा समिति बागलुङका प्रमुख उपाध्यायको स्वागत तथा उद्देश्य माथी प्रकाश र सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरु जिल्ला प्रशासन कार्यालयका अर्जुन ढकाल, सीवाईसीकी मनिषा गौतम गल्कोटकी अस्मिता शर्माले बागलुङ जिल्लाको चिनारी दिने विभिन्न भाकाका लोकगीतहरु गाएर मनोरन्जन प्रदान गरेका थिए ।

अन्तराष्ट्रिय युवा दिवसकै अवसरमा चारतारे युवा क्लव सिवाईसी नेपालले बागलुङको ट्राफिक चोकदेखि मालढुङ्गासम्म युवा डौड कार्यक्रम पनी सम्पन्न गरेको थियो । डौडमा ४७ जना युवाहरुको सहभागिता थियो ।

अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्वभरिका राष्ट्रहरुले उत्सवका रुपमा मनाउदै आईरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरुलाई स्थापीत गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तराष्ट्रिय युवा विसका रुपमा घोषाण गरेको छ । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन यो दिवस घोषण गरिएको हो । नेपालमा पनी आजको दिन देशभरमा विभिन्न कार्यक्रमहरु गरी मनाउने क्रम जारी रहेको समितिका कार्यालय प्रमुख कुस्मराज उपाध्यायले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *