Menu

बडीगाड – ६ भिङखालमा चार वटा घरायसी झैझगडाहरुको मिलापत्र !

बागलुङ २०७५ साउन २७ । बडीगाड गाउपालिका ६ भिङगिठेको वडा कार्यालय खालबजारमा वडाध्यक्ष मौसमकाजी क्षेत्री एवं मेलमिलाप कर्ता मायाँ केसी, नरबहादुर क्षत्रीको समुपस्थितीमा विभिन्न पारिवारिक झैझगडाहरुको मेलमिलाप गराईएको छ । आज नन्द भाउजू बीचको पारिबारिक झगडाको मिलापत्र गराई पठाईएको थियो ।

मेलमिलापकर्ता मायाँ केसीले दिएको जानकारी अनुसार बिभिन्न मितीमा छरछिमेकी बीचको झगडा एक, श्रीमान श्रीमती बीचको झगडा दुई र नन्द भाउजू बीचको घरायसी झगाडा एक गरी चार पारिबारिक एवं घरायसी झगडा मेलमिलाप गराईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *