Menu

ताराखोलामा गाँजा फडानी कार्य जारी, आज ३० रोपनी फडानी गरिएको प्रहरीको दाबी !

बागलुङ २०७५ साउन २७ । ईलाका प्रहरी कार्यालय ताराखोलाको सक्रियतामा ताराखोला गाउपालिकाका विभिन्न वडाहरुमा हिँजो देखी भाँगो फडानी कार्य जारी छ । स्थानीयले अचार खानको लागि लगाएको भाँगो खेतीलाई प्रहरीले गाँजा भनेर वर्षै पिच्छे फडानी गर्दै आएको स्थानीयवासीको दु:खेसो रहिआएको छ । उता भाँगोको निहुँमा लागु औषध उत्पादन भैरहेको प्रहरीको ठम्याई छ ।

हिँजो पहिलो दिन ३० जना प्रहरी परिचालन गरी ताराखोला गाउपालिकाका ४ र ५ वडामा करीब २ सय रोपनी भाँगो नष्ट गरिएको स्थानीयले बताए ।

आज दोश्रो दिन बिहान देखी तीन समुहमा प्रहरी टोली परिचालन गरी फडानी भैरहेको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी बिष्टले ईबागलुङलाई जानकारी दिए ।

प्रनानि बिष्टका अनुसार आज ताराखोला गाउपालिकाको १, २ र ३ वडाहरुको बराहखोला, पँधेरा खोला, हिल, भातखाने डाँडा, खल्डाँडा, सिर्खु, हिमाथर, सिले लगायतका ठाउँहरुमा फडानी कार्य गरिएको छ । त्यति बाख्लो उत्पादन हुने स्थानहरु नभएकाले करीव ३० रोपनी क्षेत्रफलमा फडानी गरिएको जानकारी दिँदै प्रनानि बिष्टले ३० जना प्रहरीहरुको तीन टोली गराई फडानी कार्य गरिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *