Menu

उपप्रमुख रेनुका काउचा सहित चार नगरपालिकाका उपप्रमुखहरु अमेरिका प्रस्थान !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन २७ । गल्कोट नगरपालिकाकी उप प्रमुख रेनुका काउचा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाव्दारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख काउचा शनिबार अपरान्ह अमेरिका तर्फ प्रस्थान गरेकी हुन् ।

उपप्रमुख काउचासँगै नेपालबाट नेपालगंज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगर, डडेल्धुरा अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता कुमारी भण्डारी पनि अमेरिका प्रस्थान गरेका छन् ।

२० दिनसम्म सञ्चालन हुने कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा स्थानीय तहको संरचना, कामको प्रक्रिया र अनुभव सिकाई ग्रहण गरिने बताइएको छ ।

सो अवधीमा सहभागी महिला नेतृलाई लोकतन्त्रको संस्थागत विकास, संघीय संरचनामा महिला सहभागिता र नेतृत्वका माध्यमबाट ल्याउन सकिने परिवर्तनका विषयमा दिक्षीत गरिने छ । विशेषगरि स्थानीय तहको न्याय प्रक्रिया, शिक्षा, स्वास्थ्य जस्ता विषयको सेवा प्रवाह र पारर्दशिता तथा जवाफदेहिताका विषयमा केन्द्रित जानकारी दिइनुका साथै सो को अवलम्वन बारे अवलोकन गराइनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *