Menu

चार महिना देखी सम्पर्कविहीन १५ वर्षीय किशोरको खोजी गरिदिन प्रहरीमा निवेदन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ साउन २७ । ढोरपाटन नगरपालिका ५ (साविक अधिकारीचौर गाउपालिका वडा नं ९ मस्ती) निवासी बुबा जेमबहादुर कुँवर आमा बास्मती कुँवरका १५ वर्षीय कान्छो छोरा गोविन्द कुँवर (कोपिल) गत २०७५ साल बैशाख ४ गते देखी सम्पर्कविहीन छन् । स्थानीय खडक कुवरले ६ कक्षामा अनुत्तीर्ण भएपछी घरबाट हिडेको बच्चा नफर्किए पछि परिवार पीडामा परेको ईबागलुङलाई बताए।

परिवार आफन्तजनले उनको व्यापक खोजविन गरिरहेको भएपनि हालसम्म कुनै जानकारी प्राप्त नभएपछी उनका दाजु छनबहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा भाई गोविन्दको हुलिया सहित निवेदन दिएर खोजतलासको लागि अनुरोध गरेका छन् ।

र, उनले कसैले भाई गोविन्दलाई देखे वा उनको बारेमा केहि जानकारी पाएमा फोन नं ९८०५२४७७०१ मा खबर गरिदिन अपील गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *