Menu

बागलुङ सेवा समाज बहराईनको मासिक बैठक सम्पन्न

खगेन्द्र विश्वकर्मा बहराईन २०७५ साउन २७ । विकसिलता सृजनसिलता बागलुङको अवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऎक्यबद्दता भन्ने मुल नाराका साथ स्थापना भएको बागलुङ सेवा समाज बहराइनले तेस्रो अधिवेशन पश्चातको आफ्नो १४ औ नियमित बैठक र कालिका बचत तथा ऋण सहकारी सस्थाको संयुक्त बैठक १० अगस्ट २०१८ शुक्रबारको दिन सेवारो नेपाली रेस्टुरेन्ट मानामा बहराइनमा सम्पन्न भएको महासचिव भोबबहादुर कुवरले जानकारी दिएका छन् ।

सस्थाका अध्यक्ष ओम पुनको अध्यक्षतामा बसेको बैठकले म्यादी निवासी धन बहादुर तिलिजालाई उपचारको लागि म्याग्दी उद्धार समिति बहराईन मार्फत घट बिडि दिने निर्णय गरेको छ । त्यसै गरि चितवन निवासी हरि परियारको बहराइनमा मृत्यु भएको हुनाले चितवन सेवा समाज बहराईन मार्फत मृतकका आफन्तलाई सहयोग दिने निर्णय गरेको छ ।

बागलुङ जिल्ला ताराखोला गाउँपालिका निवासी नरेन्द्र घर्ती ए प्लास्टिक एमोनिया रोगका कारण काठमाडौको सिभिल हस्पिटलमा उपचाररत नरेन्द्र घर्ती बचाउ अभियान देश बिदेशमा सञ्चालन भएको बेला बहराइनमा पनि उक्त अभियान जीवन रोका मगर, भोब कुँवर र तेजेन्द्र बुढाले संचालन गरि आर्थिक संकलनलाइ तीव्रता दिएको बेला बागलुङ सेवा समाज बहराइनले पनि उक्त अभियानलाई साथ दिने निर्णय गरेको छ।

उक्त बैठक सस्थाका कोषाध्यक्ष तेजेन्द्र बुढाले आर्थिक हिसाब किताब प्रस्तुत गरेका थिएभने सहकारीका कोषाध्यक्ष तारा कंडेलले बचत संकलन गर्नुका सथै हिसाब किताब प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *