Menu

जेसीज सप्ताह : प्रजिअ खरेलव्दारा पत्रकारिता र स्वास्थ्य क्षेत्रमा क्रियाशील दुई युवा सम्मानित !

बागलुङ, २०७५ साउन २५ । बागलुङ सदरमुकाममा आज देखी सुरु भएको जेसीज सप्ताहको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले उद्घाटन गरेका छन् । उद्घाटन मन्तव्यमा प्रजिअ खरेलले जेसीसले युवाहरुको नेतृत्व विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै जेसीसले गरेको चुस्त कार्यक्रम आयोजना, व्यवस्थापन, सिर्जनशीलता उदाहरणीय भएको बताए ।

प्रमुख अतिथी प्रजिअ खरेलले सप्ताहको शुभारम्भमा पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुराउने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस तथा स्वास्थ्य क्षेत्रमा कम उमेरमै उल्लेख्य प्रगति गर्न सफल डा प्रणिता राजभण्डारीलाई सम्मान पत्रव्दारा सम्मानित गरेका थिए । सोहि अवसरा प्रजिअ खरेलले जेसीज म्याग्दीका अध्यक्ष लगायत जेसीजका पूर्व अध्यक्षहरु, जेसीज सम्वद्ध विभिन्न व्यक्तिहरुलाई खादा ओढाएर सम्मानित गरेका थिए ।

सो अवसरमा सम्मानित युवा व्दयले खेलेको भुमिकाको कदर गर्दै सम्मान गरिएको बागलुङ जेसिजका अध्यक्ष अम्बिका बस्नेतले बताएकी थिईन् ।

कार्यक्रममा बागलुङ जेसिजका संस्थापक श्याम श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारी, प्रगतिकुमार स्मृति कोषका प्रधान संरक्षक कृष्णबहादुर श्रेष्ठ, रोटरी क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष पूर्णबहादुर केसी, रोट्रयाक्ट क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष नविन पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जेसिज सप्ताहका मूल संयोजक बलबहादुर थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश र तारा शर्माले सम्मानित युवाको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

शनिबारदेखि सुरु भएको जेसीज सप्ताह भदौ १ गतेसम्म बिबिध कार्यक्रमका साथ सञ्चालन हुने जेसीज सप्ताह मूल समारोह समितिका संयोजक बलबहादुर थापाले बताए ।

जेसीज सप्ताहको दोस्रो दिन साउन २७ गते स्वागत बोर्ड व्यवस्थापन, जेसीज गाउँ भकुण्डेमा पर्यटन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, तेस्रो दिन साउन २८ गते स्लो बाइक रेस प्रतियोगिता, चौथो दिन साउन २९ गते युवा अन्तरक्रिया कार्यक्रम, पाचौँ दिन साउन ३० गते अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छैठौँ दिन साउन ३१ गते प्रशिक्षण कार्यक्रम र कार्यक्रमको अन्तिम दिन भदौ १ गते स्वर्गीय प्रगति कुमार श्रेष्ठ स्मृति अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रम हुने जेसीज बागलुङले जनाएको छ ।

कार्यक्रम बागलुङ जेसिजका अध्यक्ष लालकुमारी बस्नेत (अम्बिका)को अध्यक्षता, निवर्तमान शाखा अध्यक्ष जोहन बज्राचार्यको स्वागत मन्तव्य र सह—सचिव सौगात खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *