Menu

आजको तस्वीर : गुल्मीमा कांग्रेसी महिलाहरुको तीजी नृत्य !

शव्द/चित्र : प्रेम सुनार,

गुल्मी, २०७५ साउन २५ । निलो साडी , आजकल चलेको ब्लज , शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का, गलामा हार र रातो पोते सहितको मंगलसुत्र र विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा एक कार्यक्रममा तीज गीतमा झुम्ने पहिलो पात्र थिईन ।

नाच्नु पुर्व उनले नेपाली कांग्रेस गुल्मीकी पार्टी सचिव विष्णुकुमारी सापकोटा र महिला विभाग प्रमुख अमृता देवी कुँवर लगायतका दिदी वहिनीहरु संग तस्वीर खिचाईन । त्यस पछि तीज गीतमा झुम्न थालेकी उनी नृत्यमा आकषर्णको केन्द्र बनेकी थिईन । विवाहको पहिलो वर्षको तीज गीत कार्यक्रम उनका लागि हर्ष–उल्लासपुर्ण हुनु स्वभाविकै थियो ।

शुक्रवार नेपाल महिला संघ, रेसुङ्गा नगर समितिले पार्टी कार्यालय विपी स्मृति भवनमा राखेको दरखाने कार्यक्रमको कुरा थियो त्यो । संघको ७१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा पन्थी सापकोटा झुमी सके पछि अरु दुई वटी महिला आएर उनलाई पनि टक्कर दिने गरी झुम्न थाले ।

कांग्रेस निकट महिलाहरु केहि वर्ष अघि सम्म निकै भड्किलो पहिरनमा देखिन्थे तर हिजो त्यस कार्यक्रममा आम महिलाहरु कै पहिरन र गहनामा देखिएका थिए ।

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठद्धारा उद्घाटन भएको कार्यक्रममा सचिवव्दय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा, कोषाध्यक्ष हरिबहादुर केसी , जिल्ला सदस्थ थम्मन केसी , महिला विभाग प्रमुख कुँवर , नगरसभापति छवि पाण्डे लगायतले आतिथ्यता गदैं गएराती अवेर सम्म तीज गीत नाचको मज्जा लिई रहेका थिए ।

खिर तरकारी अचार पनि साँझ अवेर सम्म नाच्दै थाक्दै खाँदै गरिरहेका थिए । महिला संघ रेसुङ्गा नगरसभापति सीता पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा सचिव कल्पना रिजाल पन्थीको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *