Menu

बागलुङमा सवारी दुर्घटनाबाट मृत्युहुनेको संख्या बढ्दो : गत आवमा २१ जनाको मृत्यु ८२ जना घाईते !

कोपिला कंडेल, बागलुङ २०७५ साउन २३ । आर्थिक बर्ष २०७४/२०७५ मा बागलुङ जिल्लामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएका छ । मृत्यु हुनेहरुमा पुरुष १७ जना, महिला ३ जना र एक बालिका गरी २१ जनाको मृत्यु भएको थियो भने ८२ जना घाईतै बनेका थिए । दुर्घटनाबाट घाइते हुनेहरुमा ५१ जना पुरुष २० जना महिला ५ बालक र ६ बालिका रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

गत आर्थिक बर्ष २०७३/२०७४ मा १४ पुरुष २ महिला र दुई बालक गरी १८ जनाको ज्यान गएको थियो भने बिगत २०७२/२०७३ आवमा सवारी दुर्घटना बाट ११ जनाको मृत्यु भएको थियो । तुलनात्मक रुपमा पछिल्लो समयमा दुर्घटना बाट मृत्युहुनेको संख्या बढेको छ ।

बढ्दो सहरीकरण संगै सवारी साधनको बढ्दो चापले गर्दा दुर्घटनाको क्रम बढेको ट्राफिक प्रहरी प्रमुख प्रनानि छब बहादुर घर्तीले जानकारी दिए । त्यसैगरी दुर्घटना बिशेष गरी सवारी चालकको लापरबाहीका कारणले भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *