Menu

मिहिनेती किसान पाण्डेको के बयान गरी साध्य ? कमाउछन मासिक ५० हजार भन्दा बढी … !

टिकाराम भट्टराई,बुर्तिबाङ २०७५असार २३ । भनिन्छ गरे के हुदैन सब थोक हुन्छ । यसको एक गतिलो उदाहरण हुन ढोरपाटन नगरपालिका वडा न १ भब्रेटाका मिहिनेती किसान थमलाल पाण्डेको परिवार । पहिले देखि नै बाबु बाजेले अंङ्गालेको कृषि पेशा पाण्डेले पनि अङ्गाल्दै आए, फरक यति हो कि बाबु बाजेले परम्परागत खेति गर्दै आएका थिए भने थमलाल पाण्डेले व्याबसायीक तरकारी खेती ।

आज भन्दा करिब २५ वर्ष पहिलेबाट कृषि व्यवसायमा होमिएका पाण्डेले २०६२–६३ सालबाट व्याबसायीक तरकारी खेती सुरु गरेका हुन । उनको ७ रोपनी करेसाबारीमा अहिले दुई वटा टनेलमा गोलभेडा, काक्रा, घिरौला, तिते करेला, खुसार्नी लयायतका तरकारीहरु छन । केहि तरकारीहरु धमाधम बेचिरहेका छन् भने केहि तरकारीहरुको बेर्ना लगाउने तयारीमा छन, केही ब्याडमा बेर्ना उम्रदै छन । यति मात्र होईन कि गोठमा ४ ओटा लैनो भँैसी, बारीको छेउ टुप्पा, ढिकमा सुन्तला, नास्पति र केराका घारीले भरिएको छ । उक्त काममा थमलाल सगैँ श्रीमती मनकुमारी, छोरा चन्द्रलाल, बुहारी मिना पनि लागि परेका छन् ।

बुर्तिबाङ आसपासमा कृषि पेशाबाट मनग्य आम्दानी गर्ने किसानहरुको सुचीमा पाण्डेको नाम अग्र पङ्तिमा नै आउने गर्दछ । सुरुवाती अबस्थामा सामान्य लगानीबाट तरकारी खेती सुरु गरेका पाण्डेको परिवारले अहिले मासिक ५० हजार भन्दा बढि आम्दानी गर्ने र सिजनको बेला त अझ बढि नै आम्दानी हुने बताछन् । यसरी हिसाब गर्दा पनि बार्षिक ६–७ लाख आम्दानी हुन्छ घर खर्च राम्रै चलेको छ ,केहि ठाउँमा जग्गा जमिन पनि जोडिएको छ ,केहि रकम बचत पनि गरेको बताउदैँ पाण्डे भन्छन् “पढ्ने मन त थियो तर पढ्न पनि पाईएन, अरु सिप पनि थिएन बाबु बाजेले गर्दै आएको कृषि पेशामा खुशी छु ।”

अनेकौ सपना बोकी केहि वर्ष पहिले बिदेश पुगेका थमलालका छोरा चन्द्रलाल भन्छन् “विडम्बना काम अप्ठ्यारो प¥यो, केहि समय त जनतन गरियो घरबाट बुबाले पनि भन्नुहुन्थ्यो छोरा काम अप्ठ्यारो छ भने स्वदेश फर्क …….. बुबाले भनेको कुरा त मान्नुप¥यो, तर पनि बिदेश जादाँ ऋण धन गरी रकम जुटाईएको थियो, उक्त रकम तिर्नसम्म जनतन काम गरे र स्बदेश फर्किए ।”

“लागेको थियो घरमा बसेर केहि हुदैन,फेरी सजिलो काम पाएँ सम्म अर्को ठाउँमा भिजा लगाउनुपर्ला । घरमा बुबा आामाले थोरै जग्गामा तरकारी लगाउनु भएको थियो….घरमा आए पछि मेरो सोचँ पनि बदलियो केहि समय त यहि केहि गरी हेर्नु प¥यो ….. र गरियो पनि केहि लैनो भैसीँ पालेर दुध बेच्न थालियो बारीमा तरकारी लगाईयो । केहि अनुभव पनि भयो मौसमी भन्दा बेमौसमी तरकारी लगाउदा राम्रो आम्दानी हुदो रहेछ भन्ने बुझियो पनि ।”

बुर्तिबाङ बजार नजिकै रहेकाले पनि तरकारी बजार सम्म पु¥याउन सजिलो रहेको बताउदै थमलालले भने “तरकारी उत्पादन गर्न सक्नुप¥यो बजारको त अभाब नै छैन, सबैले देखेकै कुरा हो दैनिक बुर्तिबाङ बजारमा बुटवलबाट कति धेरै तरकारी भित्रिन्छ भन्ने ।”

मौसमी बेमौमी तरकारीले उनको बारी बाह्रैमास हरियाली नै रहन्छ । केहि त अवलोकन गर्न नै पुग्छन मन लोभ्याई फर्कन्छन ।

उमेर ५० काटी सकेका थमलाल प्रायःजसो हरेक दिन बिहान १५–१६ माना दुध बुर्तिबाङ बजारमा पु¥याउछन् भने श्रीमती, छोरा,बुहारी घासँपात सगैँ करेसाबारीमै ब्यस्त रहन्छन् । कहिले डोको भरी केरा,कहिले काक्रा, कहिले के, कहिले के तरकारी बोकेर बुर्तिबाङ बजारमा हतारमै देखिन्छन उनी । ज्याला दिएर केहि कामदार पनि लगाउने गरेको बताउदै चन्द्रलाल भन्छन् “आम्दानी राम्रै छ, परिवारसगँ बसेर काम गरिरहेको छु, अब बिदेश जाने सोच पनि हराई सक्यो आज भोलि गरे हुदो रहेछ म जस्ता धेरै युवा दैनिक बिदेशीरहेका छन त्यो पनि रोजगारी कै निम्ति…. मलाई लाग्छ आफ्नै देशमा केहि गर्नु पर्छ तर कृषि नै गर्नु पर्छ भन्ने छैन अरु जे काम गर्दा पनि हुन्छ ।”
उता थमलाल पनि कृषि पेशामा लाग्न चाहाने युवाहरुलाई अनुदान, सहुलियत दरमा ऋण दिएमा दैनिक बिदेशीने युवाहरुको सङ्ख्यामा कमी आउने आफ्नो अनुभव बताउछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *