Menu

महिला स्वरोजगार बन्न स्वयम् महिला नै अग्रसर बन्नु पर्छ – अध्यक्ष शर्मा

घनश्याम गौतम, गल्कोट २०७५ साउन २३ । हरेक महिलाले ब्यवसाय लक्षित सिप सिक्ने र स्वरोजगार बन्न स्वयम महिला नै अग्रसर बन्नुपर्ने सिवाईसी बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले बताएका छन् । । सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदघोषका साथ गौमुखी कृषि बिकास सहकारी संस्था लिमिटेड र कोटमैदान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हटियाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन्।

उनले महिलाहरुले सिकेको सिपका आधारमा उत्पादन गरिने क्रिस्टल गहना ब्यापारको लागी कुनै निश्चित स्थानको आवश्यकता नपर्ने भन्दै तालिममा सिकेको सिपलाई आयआर्जनमा जोड्न आग्रह गरे। शर्माले महिलाहरु घरबाट बाहिर निस्कनु ठुलो कुरा भएको भन्दै बिदेशबाट श्रीमानले पठाएको रकम ठुलो बिषय नभएको बताए ।

कार्यक्रममा बोल्दै वडा नं३ का अध्यक्ष बिरजङ भण्डारीले महिलाहरुलाई आयआर्जन तर्फ अग्रसर बनाउनका लागी वडा कार्यालयले प्रमुख भुमिका खेल्ने बताए।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले महिलाले सिकेको सिप अनुसार सिपको प्रयोग गर्नु प्रमुख कुरा पेसा भएको हुदाँ पैसा आर्जन गर्ने माध्यम क्रिस्टल गहना निर्माण भएको बताए। उनले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी नगरपालिकाले समेत बिभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने जानकारी गराए ।

कार्यक्रममा तालिमका प्रशिक्षक कमला सुवेदी, नगरकार्यपालिका सदस्य रत्नकली अधिकारी, मुसिकोट नगरपालिका वडा नम्बर ४ का सदस्य बाल कुमारी राकसकोटी, जिल्ला तरकारी संघ बागलुङका अध्यक्ष पार्वती आचार्य, गौमुखि कृषि सहकारीका सदस्य डिल कुमारी खत्री लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

साउन १९ गतेदेखि सञ्चालन गरिएको ४ दिने तालिममा कोटमैदान बचत तथा ऋण सहकारी संस्था र गौमुखि कृषि सहकारीका ३१ जनालाई त्रिmस्टलबाट निर्माण गरिने सामाग्री सम्बन्धि सहजिकरण गरिएको थियो । तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी र अन्य अतिथिहरुलाई मायाको चिनो सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम कोटमैदान बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राम बहादुर खत्रीको अध्यक्षता, गौमुखि कृषि सहकारीका अध्यक्ष शिव कुमारी खत्रीको स्वागत मन्तब्य र सचिव गु्मानसिह खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *