Menu

घुम्टे युवा परिवारको भदौ २२ गते सामुहिक दर खुवाउने कार्यक्रम

थम्मन थापा सन्देश गल्कोट २०७५ साउन २३ । गल्कोट नगरपालिका ७ मल्म स्थित घुम्टे युवा परिवारको बैठक तथा अन्तरकृया सम्पन्न भएको छ । बैठकले आगामी भदौ २ गते शनिबार महिला जागरण केन्द्रको सहकार्यमा विकृति विसङ्गति न्यूनिकरण सम्बन्धि एक दिने जनचेतनामुलक गोष्ठी आयोजना गर्ने र हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला दिदीबहिनीहरुलाई आगामी भदौ २२ गते सामुहिक दर खुवाउने कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

सो अवसरमा संस्थालाई नेपाल सरकारको निति नियम अनुसार आर्थिक वर्ष २०७४र७५ को लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा अध्यक्षद्वारा संस्था नविकरण गरिएको जानकारी समेत गराईएको थियो । अन्तरकृयामा संस्थाका कार्य समितिका पदाधिकारीहरु, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो । अन्तरकृया कार्यक्रम घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वि।सं २०४१ सालमा स्संथापना भएको संस्थाले समय समयमा सामाजिक कृयाकलाप, गोष्ठी तालिमहरु गर्दै आईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *