Menu

सेञ्चुरी बैंकबाट बागलुङमा सेवा सुरु : सर्वसधारणको हित अनुकुल बैंक सञ्चालन हुनु आवश्यक !

बागलुङ, २०७५ साउन २२ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बागलुङमा खोलिएको ११३ औ शाखाको आज प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले उदघाटन गरेका छन् ।

आफ्नो उद्घाटन भाषणमा प्रमुख जिल्ला अधिकारी खरेललले बैंक तथा बित्तिय संस्थाहरुले सामाजिक क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिँदै सर्वसधारणको हित अनुकुल बैंक तथा बित्तिय संस्था सञ्चालन हुनुपर्ने बताए । प्रजिअ खरेलले ग्राहकको मर्म बुझेर काम गर्न बैंक सञ्चालकहरुलाई सुझाव दिँदै हरेक नेपालीले बैंक मार्फत कारोवार गर्नु पर्ने भएकाले तल्लो तहका सर्वसाधारण सम्म बैंको पहुँच हुनुपर्ने बताए । आर्थिक पारदर्शिताका लागि बैंक मार्फत कारोवार गर्नु अपरिहार्य रहेको प्रजिअ खरेलको भनाई थियो ।

८ अर्व चुक्ता पुँजी र ६३ अर्व चालु पुँजी रहेको बैंकले देशभर ५३ अर्व रुपैयाँ लगानी गरेको बैंक सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिएका थिए ।

‘सरल बैंकिङ सबैका लागि बैक’ मुल नारा बनाएको बैंकले अन्य बैंक तथा बित्तिय संस्थाको तुलनामा सरल र सहज तरीकाले कर्जा प्रबाह गर्ने जनाएको छ । सानो कर्जा प्रकृया सुरु भएको तिन दिनमा उपलव्ध गराउने भन्दै मध्यम कर्जा ७ दिन र ठुलो कर्जाको लागि प्रकृया सुरु भएको १५ दिन भन्दा धेरै समय नलाग्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

कर्जा प्रवाहमा बैंकहरुले लिने गरेको समयका कारण उपभोक्ताहरु मर्कामा पर्ने गरेको भन्दै श्रेष्ठले बैँकले कर्जा प्रबाहलाई सरल र सहज बनाएको दावी गरेका थिए । श्रेष्ठले बागलुङमा रहेको स्थानिय पुँजीको परिचालन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजनामा बैंक रहेको समेत खुलासा गरे ।

सेन्चुरी बैँक बागलुङ सदरमुकाममा रहेका बैँकहरुमा २६ औँ हो भने क श्रेणीको बैँकमा १९ औ हो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *