Menu

आफ्नै १६ वर्षिया छोरीलाई जिउँदै जलाएर मार्ने बाबु सहित थुनामा !

प्रेम सुनार बुटवल २०७५ साउन २२ । एक महिना अघी जलेर मृत्यु भएकी रुपन्देही १६ वर्षिया किशोरीलाई आफ्नो बावु सहित परिवारका सदस्यले ज्युँदै जलाएर माने उद्योग गरेको अभियोगमा त्यहाँका अदालतले पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

रुपन्देहीको कञ्चन नगरपालिका वडा नम्वर– ५, कि १६ वर्षिया समिक्षा ठकुरी गत असार ९ गते आफ्नै घरमा जलेको अवस्थामा गम्भीर घाईते भई उपचारका क्रममा असार २० गते उनको मृत्यु भएको थियो ।

समिक्षालाई ज्युँदै जलाएर हत्या गरेको अभियोगमा समिक्षाका बावु तेजबहादुर ठकुरी, हजुर आमा हरिमाया ठकुरी र फुपु अमृता भनिने शोभा रानालाई जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश शारदाप्रसाद श्रेष्ठको ईजलासले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

समिक्षाकी आमा माया ठकुरी श्रीमानको हेलत्व सहन नसकेर माईतीमा उनै छोरी समिक्षालाई राख्दै बैदेशिक रोजगारका लागि ईराकमा कार्यरत थिईन ।

समिक्षा बाबुबाट आफु छोरीको अधिकार खोज्न चाहन्थिन । उनि अन्याय अत्यचार विरुद्ध जाग्नु पर्छ भन्ने स्वाभवकी थिईन । जसलाई त्यस परिवारले जिद्दी स्वभावकी केटी भन्थे । उनि आमा संग म मेरो बुवाको घरमा किन नजाने ? म कति दिन मावली घरमा बस्ने ? भन्दै केहि महिना अघि बाबुको घरमा गई पढ्न थालेकी थिईन । स्थानियका अनुसार त्यस घटनाको केहि दिन अघि घरमा झगडा परेको पनि थियो ।

समिक्षाले बाबुबाट संघर्ष गरेरै अंश लिन चाहेकी थिईन । जुन कुरा उनका बाबु र अन्य सदस्यलाई सह्य थिएन । त्यस दिन राति अवेर सम्म उनि घर बाहिर बसेर मोवाईल चलाउँदै गरेको स्थानियले देखे पनि त्यस पछिको अवस्था अज्ञात छ ।

नि अर्को दिन भित्र कोठामा जलेर अचेत अवस्थामा भेटिए पछि बुटवल हुँदै उपचारका लागि राजधानी पुराईएको थियो । उनको मृृत्युको खवर पछि उनकी आमा ईराकबाट फर्केर छोरीको हत्या गरिएको भन्दै प्रहरीमा जाहेर दिए पछि यो घटना बाहिर आएको हो ।

उपचारका क्रममा समिक्षाकी छामा नाताकी महिलाले सोद्धा समिक्षाले हजुर आमाले मट्टि तेल छरेर जलाएको बताएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । उनले भने–‘ यी यावद सवुद प्रमाणको आधारमा अदालतले उनिहरु तिनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *