Menu

बागलुङ सेवा समाज युएईले आयोजना गरेको तLज बिशेष कार्यक्रमको तयारी पुरा

खिमलाल पाण्डे, युएई २०७५ साउन २२ । महिलाहरुको महान चाड हरितालिका तीजको अबशर पारेर सामाजिक संस्था बागलुङ सेवा समाज युएईले आयोजना गरेको तीज बिशेष कार्यक्रम २०१८ को तयारी पुरा भएको छ्र

बागलुङ सेवा समाज युएईले अहिलेको हरितालीका तीज यही अगस्ट १७ तारिख शुक्रबारका दिन युएईको चर्चित शहर बरदुबई स्थित अल फहिदी मेट्रो स्टेशन नजिकै रहेको रिगल होटेलमा भब्य रुपमा तीज बिशेष दर खाँदै खुवाउदै मनोरन्जनात्मक सान्स्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ्र

उक्त कार्यक्रमलाई भब्य र् सभ्य बनाउनुको साथै उपस्थीत दर्शकहरुलाई भरपुर मनोरन्जन दिनको लागि नेपाल देखी राष्ट्रिय रुपमै ख्याती प्राप्त कलाकारहरु चर्चित युवा गायक प्रकाश सपूत र गायिका ज्योती लोहनी युएई आउने भएका हुन । नेपाल देखी कलाकारहरुलाई कतै रोकथाम नगरि सहज रुपमा युएई आउनका लागि आबश्यक पर्ने सम्पूर्ण कागजातहरु तयार भईसकेको संस्थाका अध्यक्ष रत्न बिकले जानकारी दिए।
अहिलेका चर्चित गायक जस्ले प्रदेशीको वास्तविक काहानीमा आधारीत गीत ूबोल माया बोलू का सर्जक सपुत युएई आउने भए पछी युएईको माहोल भिन्नै तरिकाले तातेको महशुश गर्न सकिन्छ ।

उक्त कार्यक्रममा राष्ट्रिय रुपमै ख्याती प्राप्त चर्चित गायिकाहरु ज्योती लोहनी र् रितु थापा मगरको समेत उत्कृष्ट प्रस्तुती रहने छ। यि कलाकारहरु संगै युएईमा कार्यरत कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनुको साथै उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिने कुरामा कुनै दुबिधा नरहेको संस्थाका अध्यक्ष बिकले जानकारी दिए ्र

उक्त कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक कार्यक्रमको साथ साथमा महिला दिदिबहिनीहरुलाई हरितालीका तीज बिशेष दर खुवाउनुको साथै उपस्थित सम्पूर्ण दर्शकहरुको लागि स्वादिस्ट खानाको समेत ब्यबस्था गरिएको अध्यक्ष बिकले बर्ता।

उसो त युएईमा यसपालीको हरितालीका तीजको अबशर पारेर आउदो अगस्ट १० तारिख शुक्रबार देखी नै बिभिन्न संघ संस्थाहरुले आ आफ्नै तरिकाले तीज बिशेष कार्यक्रमहरुको आयोजना गरिसकेका छन ।एकै दिन दुई तीन वटा कार्यक्रमहरु पनि परेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *