Menu

पत्रकार रानालाई जनमोर्चाको रु ७७ हजार सहयोग, उपचारका लागि अझै रु १० लाख चाहिने !

सुमन थापा, काठमाडौँ २०७५ साउन २० । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले एप्लाष्टिक एनेमिया पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

काठमाडौको सिभिल सर्भिस अस्पतालमा उपचाररत रानालाई जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा र केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले रानालाई ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

रानाको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ भने अहिले सामान्य काम गर्न सक्ने अवस्थामा पुगेका छन् ।

ए–प्लाष्टिक एनोमिया रोगको उपचार गराईरहेका रानाको उपचारको लागि रकमको अभाव नहोस भनि रकम सहयोग गरेको अध्यक्ष थापाले जानकारी गराए ।
रानाको उपचारको लागि हाल सम्म १९ लाख २० हजार रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ । अस्पताल श्रोतका अनुसार एप्लाष्टिक एनेमियाको औषधी अत्यन्त महङ्गो हुने भएकाले थप १० लाख रुपैयाँ सम्म खर्च हुन सक्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *