Menu

गायक तथा संगीतकार राजेन्द्र बजगाईँको ‘बर्खाको पानी’ को म्युजिक भिडियो सार्वजनिक !

सुमन सुनार, बागलुङ २०७५ साउन २० । पछिल्लो समय सांगीतीक क्षेत्रमा आफ्नो छुृट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार राजेन्द्र बजगार्इँको ‘बर्खाको पानी’ बोलकोे गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक तथा संगीतकार बजगाईँसंगै चर्चित गायिका मेलिना राईको समेत आवाज रहेको उक्त गीतमा गीतकार जिवन लुईटेलको शब्द रहेको छ भने बजगाईँ आफैले संगीत दिएका छन् ।

जनता डिजिटल प्रा.लिले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा युट्यूबमा कार्यक्रम प्रस्तोता तथा हट मोडलको रुपमा समेत छुट्टै पहिचान बनाउन सफल “वाउ नेपाल” युट्युब च्यानलकी कार्यक्रम प्रस्तोता सोनिका रोकाय र सुरज श्रेष्ठको अभिनय रहेको छ । गीत युट्युब च्यानलमा सार्वजनिक भएको तिन दिनमा नै करिव २ लाखले हेरिसकेका छन् । सार्वजनिक गीतको पुरुषोतम न्यौपानेले म्युजिक एरेन्ज गरेका छन् भने गीतकार जीवन लुइंटेलले निर्देशन, माला मगर कोरियोग्राफी, मुकेश हुमागाईंले छायांकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।

नेपाली सांगीतिक आकासमा गायक तथा संगीतकारको रुपमा आफ्नो फरक पहिचान बनाउन सफल बजगाईँको टेन्डर, झ्याम्मै मायाँलु, नाकको फुली, ट्राफिक जाम, यो देशको लागी म लगायतका गीत अत्याधिक चर्चामा रहेका छन् । त्यसैगरि आफैमा म्युजिक एरेन्जर समेत रहेका बजगाईँको शब्द, संगीतमा रहेका धैरै गीतसंगीतहरु प्रमोद खरेल, कमल खत्री, राज सिग्देल, अन्जु पन्त लगायतका चर्चित गायक गायिकाले गाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *