धौलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, अध्यक्षमा थापाले पाए ५०२ मत !

बागलुङ २०७३ फागुन १९ । धौलागिरी बहुमुखी क्याम्पसमा हिँजो संपन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको लोकतान्त्रिक प्यानल धेरै मतान्तरले विजयी भएको छ । अखिल संयुक्तका एक जनाले पनि जीत दर्ज गर्न सकेनन् ।

प्राप्त मत परिणाम अनुसार सभापति पदका उमेदवार मनबहादुर थापा, मनिषले ५०२ मत प्राप्त गरेका छन् भने उनका प्रतिव्दन्दी अखिल संयुक्त अनेरास्ववियुका शेखर खड्काले ३०६ मत ल्याएका छन् । सचिव पदमा नेविसंघका विष्णुराज पौडेलले ४५१ मत ल्याएर १०८ मतको अन्तरले प्रतिव्दन्दी जीवन शर्मालाई (३४३) पराजीत गरेका छन् । यसैगरी कोषाध्यक्षमा सुस्मिता बोहोराले ४९९ मत प्राप्त गरेकी छिन् भने अखिल संयुक्तकी बिमाकुमारी जोल्मीले २९७ मत प्राप्त गरेकी छिन् ।

सदस्यहरुमा लोकतान्त्रिक प्यानलका मिना सापकोटा ४ सय ६५, सञ्जु चापागाई ४ सय ३३, मनोज सापकोटा ४ सय ७२, बिवेक जिसी ४ सय ६३ र हरिवहादुर भण्डारीको ४ सय ३१ प्राप्त गरि बिजयी भएका छन् । अखिल संयुक्तको सदस्यहरुमा लालबहादुर भण्डारी ३ सय १३, लालमति रोका ३ सय १४, साधना राना २ सय ७२ सुरेश रेग्मी ३ सय १२, थुमा पूर्जा पुन २ सय ७२ मत रहेको छ ।

सहकर्मी हरि शर्माले दिएको जानकारी अनुसार समानुपातिक तर्पm नेविसंघले ५ सय, अखिल संयुक्तले २९२, अनेरास्ववियु पाचौँले २० र समाजवादी विद्यार्थीले जम्मा ९ मत प्राप्त गरेका छन् ।

विजयी सदस्यहरुमा हरिबहादुर भण्डारी र समानुपातिबाट निर्वाचित सदस्य मुना रोका राष्ट्रिय प्रजातान्त्र पार्टीको विद्यार्थी संगठन राप्रविसंका हुन् ।

उता बरेङ स्थित सर्वोदय क्याम्पसमा भने अखिल छैठौका शेखर थापाको अध्यक्षतामा स्वबियूको सर्वसम्मत नेतृत्व चयन गरिएको छ । स्वबियू उपसभापतिमा ज्योति पुन, सचिवमा ज्योति थापा, सह–सचिवमा रुपा बिक, र कोषाध्यक्षमा निर्मला पुन चयन भएका छन् ।

यस्तै, गलकोट बुहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सघंको प्यानल बिजयी भएको छ । कुल १ सय ३३ बिद्यार्थी रहेको गलकोटमा १ सय २८ मत खसेको थियो । जसमा नेवि सघंका अध्यक्षका उम्मेदवारी गुमानसिहं भण्डारीले ७३ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रत्यासी अखिल संयुक्तबाट उम्मेदवार बनेकी अखिल क्रान्तिकारीकी सरिता खत्रीले ५५ मत प्राप्त गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *