Menu

निरन्तरको वर्षातले गल्कोट- ३ धुस्तुङमा भीषण पहिरो !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन २० । गल्कोट नगरपालिका वडा नम्बर ३ धुस्तुङमा निरन्तरको बर्षातका कारण केहि समय अगाडि भीषण पहिरो गएको छ । धुस्तुङ बरको रुखदेखि गैराबारी सम्म करिब ३ सय मिटर पहिरो झरेको छ । पहिरो करिब १५ देखि २० मिटर चौडाई भएर बगेको स्थानियको भनाई छ ।

पहिरोले गर्दा स्थानिय शान्ति खत्रीको गोठको छानाको आधा भाग पुरिएको छ । करिब ३ बजे पहिरो झरेको हो । पहिरोले गर्दा धुस्तुङ डाडाँका करिब २ घरधुरीले पिउने भुल्के पधेरा खानेपानी आयोजनाको पाईपलाईन र चेम्बर बगाएको छ । भौतिक क्षति भएपनि मानवीय क्षति भने नभएको गल्कोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बीरजङ भण्डारीले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *