Menu

जाजरकोटको खलंगामा पहिरोले पुरेर ८ को मृत्यु, एक जना बेपत्ता

प्रेम सुनार, बुटवल २०७५ साउन २० । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता छन् ।जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतली, उउनकी १० वर्षिया छोरी भावना, ७ बर्षिया मनिषा, ३ वर्षिया भगवती रहेका छन ।

उनिहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ । त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा कुशे –६ ढिमेका कृष्ण परियारका ११ वर्षिय छोरा नविन परियार र प्रेम परियारका १३ वर्षिय छोरा नरेन्द्र परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् । आज विहान त्यसको केहि वेर अघि मात्र उनि त्यस घरमा खेल्न गएका थिए । प्र.ज.अ. बस्नेतका अनुसार दर्शक परियार र अहिले सम्म बेपत्ता उनका भाईका बाबु आमा कोही नभए पछि दिदी माया परियारले हुर्काउँदै आएकी थिईन । अव एक जनाको मात्रै खोजी हुन बाँकी रहेको क्षतिको विवरण पुरै आई नसकेको बस्नेतले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *