Menu

ताराखोलामा जलविद्युत आयोजना सम्बन्धि अन्तरकृया सम्पन्न !
निर्माणाधीन आयोजनाको कार्य सम्पन्न नभए सम्म अन्य आयोजनाको कार्य प्रारम्भ गर्न दिन हुन्न – स्थानीय

पूर्णभद्र निउरे, बागलुङ ताराखोला २०७५ साउन २० । ताराखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका अन्तरगतका जलविद्युत आयोजना सम्बन्धि अन्तरकृया कार्यक्रम शनिबार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले ताराखोलाको स्रोत साधनमा स्थानीयको नै अधिकार हुने हुँदा कुनै पनि आयोजना स्थानीयको हितमा नदेखिए तथा बिश्वासको वातावरण नभए सम्म स्थानीय तहबाट अनुमति दिन नसकिने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा मध्य ताराखोला हाइड्रोपावर पावर कम्पनी अध्यक्ष रमेश कुमार सापकोटा सोही कम्पनीका प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा , ह्वाइट गोल्ड इन्जिनियरिङ प्रा लि का अध्यक्ष हेम बहादुर खत्रीले ताराखोला गाउँपालिकाबाट करिब ७ मेघावाट जलविद्युत उत्पादन गर्ने गरि प्रोजेक्ट अगाडि बढाइएकोले लगानी मैत्री बाताबरण सृजना गरि कार्य प्रारम्भका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

ताराखोला जलविद्युत लिमिटेडका अध्यक्ष धन बहादुर बि क ले यस अघि ताराखोलामा निर्माणाधीन ३९४ किलोवाटको ताराखोला सामुदायिक जलविद्युत निर्माणका क्रममा आयोजनाका उपभोक्ता समिती र पहाडी हाइड्रोपावर कम्पनी बिच भएका सम्झौता अनुसार काम नभएकोले थप आयोजना सुरुवातका लागि कुनै किसिमको बिश्वासको आधार नभएकाले निर्माणाधीन आयोजनाको कार्य सम्पन्न नभए सम्म कुनै पनि कम्पनीलाई आयोजनाको कार्य प्रारम्भ गर्न दिन नहुने तर्क राखेका थिए ।

तस्वीर- बालकृष्ण सुवेदी, गल्कोट ।

तीन सय पचास भन्दा बढी स्थानीय उपभोक्ताहरुबाट न्यूनतम रु १५ हजार देखी माथी रकम उठाई करीब रु ६ करोड रकम संकलन गरी सुरु गरिएको सो आयोजनाको हरहिसाब सार्वजनिक भएको छैन । उपभोक्ता समितिका तत्कालीन अध्यक्ष तिर्थसिँह थापाले आफुलाई कम्पनिले धोका दिएको दुखेसो कार्यक्रममा सुनाएका थिए । तत्कालीन अवस्थामा आयोजनाको काम भएपनि पछी विचमै अलपत्र रहेको छ ।

कार्यक्रममा ने क पाका प्रतिनिधि नरेश के सी , नेपाली काग्रेसका कमलापती पाठक राष्ट्रिय जनमोर्चाका तिर्थसिह थापा र क्रन्तिकारी माओवादीका पूर्ण बहादुर गुरुङ स्थानीय टेक बहादुर के सी , महेन्द्र घर्ती , धन बहादुर खत्री लगायतले धारणा राखेका थिए ।

ताराखोला गाउपालिका भित्रका विभिन्न स्थानको खोलाको प्रयोगबाट जलविद्युत उत्पादनका लागि करिब ६ बर्ष अगाडि नै हाल को वडा न ४ को डोगाडी मा १.६ मेघावाट क्षमताको लागि मध्य ताराखोला हाइड्रोपावर, वडा न ४ कै दलानचौर बाट २.५ मेघावाट क्षमताको जलविद्युत उत्पादनका लागि पहाडी हाइड्रोपावर र वडा न ३ को हिल मनिओल मा ३ मेघावाटको बिधुत उत्पादनका लागि ह्वाइट गोल्ड इन्जिनियरिङ प्रा लि ले इजाजतपत्र लिएको भए पनि हाल सम्म आयोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरुले स्थानीय स्तरबाट सहयोग नभएको तर्क राखेका थिए भने राजनैतिक दल का प्रतिनिधि र स्थानीय हरुले इजाजतपत्र लिएको लामो समय सम्म बेवास्ता गरि बसेको र हाल म्याद सकिने अबस्था आए पछि मात्र आयोजना निर्माणका बारेमा छलफल गर्न खोजेको आरोप लगाएका थिए ।

ताराखोला गाउपालिका मा ७ बर्ष अघि देखि पहाडी हाइड्रोपावर कम्पनी र ताराखोला सामुदायिक जलविद्युत आयोजना उपभोक्ता समितीको साझेदारी मा करिमेलामा ३ सय ८० किलोवाट को आयोजनाको निर्माण कार्य शुरु गरिएको थियो । निर्माण शुरु भएको लामो समय बिति सक्दा पनि अपेक्षित उपलब्धि नदेखिएकोले हाल धन बहादुर बि क को अध्यक्षतामा ताराखोला जलविद्युत लिमिटेड कम्पनी दर्ता गरि सोही कम्पनी मार्फत आयोजना लाई गति दिइएको छ ।

सो आयोजना निर्माणका लागि स्थानीयले करिब ६ करोड शेयर लगानी गरिसकेका छ्न । अन्तरक्रिया कार्यक्रम पछि कम्पनी का प्रतिनिधी , स्थानीय सरकार , राजनैतिक दल र सरोकारवाला बिच आगामी दिनमा थप छलफल गरेर अगाडि बढ्ने मौखिक सहमति भएको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।

कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, वडा न ४ का अध्यक्ष जित बहादुर खत्री को संचालन र वडा न ५ का अध्यक्ष भद्र बहादुर घर्तीको स्वागतमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *