Menu

स्वाईन फ्लू पीडित भुमिका कंडेलको उपचारका लागी परिवारद्वारा आर्थिक सहयोगको अपिल !

नारायण रिजाल, बागलुङ २०७५ साउन १८ । काठेखोला गाउँपालिका–६ विहुँकोटकी भुमिका सापकोटा कंडेलको उपचारका लागी परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । विगत केही समय देखी स्वाईनफ्लु रोगबाट पीडित ३२ बर्षिया कंडेललको उपचारका लागी लाखौं रकम लाग्ने हुँदा परिवारले सहयोगको अपिल गरेको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत कंडेलको दैनिक ८० हजार खर्च हुने र हाल सम्म करिब ९ लाख रुपैयाँ खर्च भै सकेको कंडेलका देवर यमनारायण कंडेल शिवले बताए । भाउजुलाई भ्यान्टीलेटरमा राखिएको छ उपचारका लागी धेरै रकम लाग्ने भयो कंडेलले भने ‘आर्थिक अवस्था कमजोर छ निकै समस्या आएको छ ।’ सामान्य परिवारका उनिहरु व्यवसाय गर्नका लागी केही महिना पहिले बागलुङबाट चितवन गएका थिए । आर्थिक अवस्था कमजोर सानो व्यवसाय तर त्यती राम्रो भएको थिएन । परिवारमा दाजु भाउजु र २ छोरी रहेको छन देवर कंडेलले भने, भाउजु सँगै ७ बर्षिय स्मृति कंडेल र ५ बर्षिय स्कृति कंडेललाई पनि स्वाईनफ्लुको केही संकास्पद लक्षण देखिएकोले डाक्टरले निगरानीमा राखेका छ । छोरीहरुको अवस्था समान्य बन्दै गएको तर आमाको अवस्था गम्भिर भएको यमनारायणले बताएका छन ।

पिडित कंडेलको उपचारमा आर्थिक सहयोग संकलन गर्नका लागी भुमिका सापकोटा कंडेल बचाऊ अभियान संचालन गरिएको छ । अभियान मार्फत देश विदेशमा रहेका नेपाली दाजु भाईलाई सहयोग गर्नका लागि आग्रह गरिएको अभियानका सदस्य नरेश कंडेलले बताए ।

भुमिकाका लागी हाल सम्म गण्डकी प्रदेशका काँग्रेसका मुख्य सचेतक तथा प्रदेश सभा सदस्य मणिभद्र शर्मा कंडेलले ५० हजार रुपैयाँ र काँठेखोला–८ लेखानीका समाजसेवी तथा नेपाल गाजा फाउण्डेसनका बागलुङका प्रवन्ध निर्देशक परमानन्द कंडेलले १ लाख रुपैयाँ अािर्थक सहयोग गरेको अभियानका सदस्य कंडेलले बताए ।
दैनिक ८० हजार भन्दा बढि औषधी उपचारका लागी खर्च हुने गरेको छ । कंडेलले भने ‘निकै महंगो उपचार पर्ने भएको हुनाले हामीले ‘उहाँको जिवन रक्षाका लागी देश विदेशमा रहेका सवै महानुभावहरुलाई अपिल गरेका छौं । उपचारका लागी १५ दिन सम्म भ्यान्टीलेटरमा राख्नुपर्ने र धेरै रकम लाग्ने चिकित्सकहरु बताएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *