Menu

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि अभिमुखीकरण तालिम सम्पन्न !

कौरव खत्री, गुल्मी २०७५ साउन १८ । गुल्मीको मुसिकोट नगरपालिकामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र आई.डि.सी परियोजना गुल्मीको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार महासन्धि सम्वन्धि एक दिने अभिमुखीकरण तालिम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।

सोही तालिमका अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले विभिन्न प्रकारका शारीरिकअपाङ्गता भएका बालवालिकाहरुको क्षेत्रमा संस्थाले सहयोग गदै आएकाले अपाङ्गता भएका वालवालिकाहरुलाई सक्षम र सपाङ्ग बनाउने कार्य गरेको यसलाई निरन्तरता दिन आग्रह गदै जिल्लामा समन्वय ईकाइ मार्फत अपाङ्गता भएका वालवालिकाहरुलाई केन्द्र मार्फत शिक्षाको क्षेत्रमा काम गदै आइरहेको बताए ।

अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पँहुच, वर्तमान अवस्था,शैक्षिक सरोकारवालाहरु बीचको भूमिका लगायतका विषयमा परियोजना संयोजक गोविन्द चौधरीले अभिमुखीकरण तालिमको सहजीकरण गरेका थिए । तालिममा जिल्ला भित्रका विद्यालय निरिक्षक तथा श्रोतव्यक्तिहरु विद्यालयका प्रधानाध्यापक एव शिक्षक प्रतिनिधि गरिे २५ जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण तालिममा बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीको स्वागत मन्तव्य सँगै सुरु भएको तालिमको सञ्चालन अपाङ्गता पुनस्र्थापना सहायक निर्मला पुरी र तुल्सी पाण्डेको सञ्चालनमा तालिम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *