Menu

प्रनाउ थापाको बिदाई : जिल्लामा निर्बाह गरेको भूमिकाको कदर गर्दै सम्मान पत्रव्दारा सम्मानित !

बागलुङ २०७५ साउन १८ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापालाई आज विहान जिल्ला प्रहरी कार्यालयबाट एक समारोेहका वीच बिदाई गरिएको छ । प्रनाउ थापाको प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा भएको छ ।

आज विहान आयोजित बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्लाको शान्ति सुरक्षा र अमन चयनका लागि प्रनाउ थापाले निर्बाह गरेको उल्लेख्य भूमिका एवं ईमान्दारितापुर्वक कर्तव्य पालन गरेकोमा प्रशंसा व्यक्त गरे ।

प्रजिअ खरेलले प्रहरीहरुले असल नागरिकको मित्र र खराब अपराधिक मानसिकता भएकाहरुको शत्रुको रुपमा कर्तव्य निर्बाह गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

प्रहरी उपरीक्षक दीपक रेग्मीको संयोजकत्वमा भएको बिदाई समारोहमा प्रजिअ खरेलले बिदाई भएर जान लागेका प्रहरी नायब उपरीक्षक थापालाई सम्मान पत्रले सम्मानित गरेका थिए ।

प्रनाउ थापालाई बागलुङ जिल्लाबासीले एक सरल स्वभावका कर्तव्यप्रति सजग प्रहरी अधिकृतको रुपमा चिन्दछन् ।

आज सरुवा भएर जान लागेका प्रनाउ थापाको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट प्रनाउ बालनर्सिँह राणाको सरुवा भएको छ । स्मरणीयछ, प्रनाउ राणा केहि समय पहिले संघीय प्रहरी कार्यालय बागलुङ कार्यरत थिए ।

तस्वीर-अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *