Menu

कुस्मा कटुवाचौपारीमा टयाक्टर पल्टिदा एक युवकको मृत्यु, एकजना घाईते !

नवीन शिशिर,पर्वत २०७५ साउन १७ । पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा ट्याक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । एक जना घाईते भएका छन । कुस्मा बजारबाट साइकलचोक जादै गरेको ग १ त २८२२ नंम्बरको समान सहितको ट्याक्टर पल्टिदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१३ बस्ने बर्ष १६ को कमल नेपाली सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

दुर्घटनामा परी सोही स्थानका २१ वर्षिय बिबेक नेपाली घाईते भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । घाईते नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । मृतक नेपालीको शव डोजर र स्थानीयको सहायकताले घटनास्थलबाट निकाली पोष्टमार्टमको लागी जिल्ला अस्पताल पर्वतमा राखिएको छ । ट्याक्टर र चालक र सोही स्थानका २९ वर्षिय डोलेन्द्र नेपालीलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *