Menu

पहिरोले बुर्तिवाङबासीको पिछा छोडेन :आज बिहान आएको पहिरोले दियो थप बिपदको संकेत !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ साउन १७ । गत साउने सक्रान्ति देखी सुरु भएको बुर्तिवाङबासीको बिपदले अझै पिछा छाडेको छैन ।

हिँजो बुधबार देखीको अबिरल वर्षाले भब्रेटा माथी बाट खसेको ठुलो ढुंगा सहितको पहिरोले कालिका मन्दिरकोे पर्खाललाई क्षती पुग्नुका साथै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा भल पसेको छ भने बुर्तिवाङ इलाका प्रहरी कार्यालय भवनको पछाडी रहेको भान्सा कोठामा केहि भल पसेको छ ।

एकीकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापासंग आज विहानको पहिरोका बारेमा जानकारी लिँदा माथी पहिरो रोकथामका लागि तारजाली लगाईएकोले त्यत्ति ठुलो पहिरो र भल नआएपनि कालिका मन्दिरको पर्खाललाई क्षती पुराएको बताए । अस्थायीरुपमा केहि रोकथामको काम भएको छ, वर्षायाममा पहिरो गैरहने हुँदा हामी रातभर जाग्राम बस्नु पर्ने अवस्था छ । यसको दीर्घकालीन रोकथामको प्रयास भैरहेको पनि थापाले ईबागलुङलाई बताए ।

ईलाका प्रहरी कार्यालयका हवल्दार बखत बहादुर बस्नेतले पानी थामिएन भने हामी सबै बेल्चा बाउसा लगेर भल रोक्न उभिनु पर्ने अवस्था नआउला भन्न सकिन्न । उनले अहिले डोजरले भलको लेदो उठाएर ट्याक्टरमा राखेर खोला किनारमा ओसार्ने काम भैरहेको जानकारी दिए । उनले कालिका मन्दिरको पर्खालले भल नरोकेको भए सबै प्रहरी कार्यालयको पछाडी पस्ने पनि बताए ।

आज बिहानै ढुंगा सहितको पहिरोबाट कुनै मानवीय क्षती नभएपनि आसन्न खतरालाई निम्त्याएको स्थानीयले बताएका छन् ।

भब्रेटा माथीबाट बग्ने पहिरो रोकथामको लागी तत्काल प्रयास नगरिएमा बुर्तिवाङ ईलाका प्रहरी कार्यालय भवन, प्राथमिक स्वास्थ्य केन्द्र र त्यसदेखी तलको बजारलाई अपूरणीय क्षती पुग्न सक्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।

तस्बीर- दिपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *