Menu

साताको तस्वीर : पर्यटकीय गन्तव्य बन्दै दुदिलाभाटीको ‘हलहले !’

शव्द/चित्र गुमानसिँह भण्डारी

गल्कोट २०७५ साउन १५ । गल्कोट नगरपालिका १ दुदिलाभाटी र काठेखोला गाउपालिकाको लेखानीको माथिल्लो भागमा पर्ने हलहलेलाई पर्यटकीय क्षेत्र बनाउनका लागी स्थलगत अवलोकन गरिएको छ । संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको हलहले, सानोदह, काफलडाडाँलाई पर्यटकीय क्षेत्र बनाउनका लागी गल्कोटका युवा नेता तथा गल्कोट नगरपालिका ३ का वाड अध्यक्ष बिरजङ भण्डारी, वडा सदस्य झहर बहादुर खत्री, नगरपालिकाका प्रेस सल्लाकार गुमानसिह भण्डारी, गल्कोट दुदिलाभाटीका समाजसेवी हिरा बहादुर काउचा, सीताराम पुन लगायतको टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरि उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागी गल्कोट नगरपालिका र अन्य सँघ संस्थासंग समन्वय गरी पहल गर्ने बताएका छन ।

दुदिलाभाटीको उच्च स्थानमा रहेको हललले र आसपासको क्षेत्र भौगोलिक हिसाबले निकै महत्वपुर्ण मानिन्छ । प्रचार प्रसारका लागि हालसम्म कुनै रचनात्मक काम नभएका कारण ओझेलमा परेको स्थानिय खड्क गुरुङले बताए । घोडाबाँधेको भ्यु टावरदेखि करिब १ घण्टाको बाटो हिँडेपछि पुगिने उक्त ठाउबाट एक दर्जन बढी हिमशृखलाका साथै बिभिन्न जडिबुटी, बिभिन्न प्रजाति किरा फट्यांग्रा, बिभिन्न प्रजातिका फुलहरु, जंगली जनावर देख्न सकिने गुरुङले बताए ।

गल्कोट नगरपालिकाको पुर्वतर्फ पर्छ, हलहले । यहाँ पुग्न पक्की र कच्ची दुवैखाले सडक प्रयोग गर्नुपर्ने हुन्छ । मध्यपहाडी लोकमार्ग देखि पैदल रुपमा १ घण्टाको बाटो हिडेपछि उक्त स्थानमा पुग्न सकिन्छ । उक्त स्थानमा दुदिलाभाटी र लेखानीका बिद्यालयका बिद्यार्थीहरु,सँगै स्थानियहरु समेत समय समयमा बनभोज खानका लागी आउने गर्दछन । उक्त स्थानबाट गल्कोट उपत्यकाको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । यहाँबाट गल्कोटमा सम्भावना बोकेका पर्यटकीय स्थलहरु घुम्टे, गाजा, निलुवा, राजाको दरबार, कोट मैदान, पुर्णकोट सँगै काठेखोला गाउपालिकाका लेखानी, कादेश, सँगै बागलुङ नगरपालिकाका अधिकांश भागहरु समेत देख्न सकिन्छ । रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले हलहले क्षेत्र सम्भावनायुक्त क्षेत्र हो ।


यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि मध्यपहाडी लोकमार्ग घोडाबाधे भ्यु टावरबाट सडक जोडनका लागी आवश्यक पहल गर्ने स्थानिय समाजसेवी हिरा बहादुर काउचाले बताए । उक्त स्थानमा गल्फ, फुटवल, भलिबल खेलका लागी पुर्वाधार तयार पार्न सजिलो रहेको युवा नेता बिरजङ भण्डारीले बताए । टोलीले २ दिनसम्म हलहले, काफलडाडाँ, सानोदहको अवलोकन गरेको वडा सदस्य झहर बहादुर खत्रीले ईबागलुङलाई बताए । पहिलो चरणमा केहि दिनपछि हामी पर्यटन आकर्षणका लागी उक्त स्थानमा मोटरसाईकल पु¥याउने योजना बनाएका छौ भण्डारीले भने, त्यस लगतै अन्य कार्यहरु सञ्चालन गरिने छ । उक्त स्थान बाईक, साईकल रेसका लागी समेत सम्भावनायुक्त ठाउ रहेको उनको भनाई छ ।

प्रचुर धार्मिक एवम पर्यटकीय सम्भाबना बोकेपनि आबश्यक प्रचार–प्रसार र पूर्वाधारको अभाबमा ‘बत्तिमुनीको अध्यारो’को रुपमा रहेको हलहले क्षेत्रमा बढी भन्दा बढी आन्तरीक र बाह्य पर्यटक भित्राउन सकेमा यसले स्थानीयको आयआर्जन र रोजगारि बृद्धि गर्नुको साथै काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाको समेत आम्दानीको स्रोत बनाउन सकिने देखिन्छ ।

करिब १० बर्ष पहिले सम्म हलहलेमा १०, १२ घरधुरी बसोबास गर्ने गदर्थे । सडक, खानेपानी, शिक्षा, स्वास्थ लगायतको समस्याका कारण यतिबेला १, २ घरधुरी मात्रै बसोबास गर्दै आईरहेका छन । हलहले प्राकृतिक सँगै फलफुल खेतीपाती, तरकारी उत्पादनका हिसाबले पनि प्रख्यात मानिन्छ । उक्त ठाउमा आलु, सिमी, गोपि लगायतका तरकारी बढि मात्रामा उत्पादन हुने गदर्छ । हलहलेमा कालिकाको मन्दिर समेत रहेको छ ।

प्रत्येक बर्षको वडा दर्शैको दशमीमा उक्त मन्दिरमा बिशेष पुजा आजा हुने गदर्छ । त्यस्तै उक्त क्षेत्रमा करिब ४, ५ पोखरी समेत रहेका छन । ती मध्ये सानोदह र अन्य केहि पोखरीमा बाह्रै मास पानी रहने स्थानिय समाजसेवी गुरुङले बताए । त्यस्तै सोहि स्थानमा सातढुङगा भन्ने स्थान समेत रहेको छ । उक्त ढुङगा माथीबाट गल्कोट निहाल्दा आनन्दको अनुभव हुने स्थानिय सीताराम पुनको भनाई छ । मोटरबाटो र खानेपानीलाई ब्यवस्थित गर्न सके हलहले र आसपासको क्षेत्र गल्कोटकै नमुना पर्यटकीय क्षेत्र बन्नेमा स्थानिय ढुक्क छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *