गण्डकी प्रदेशको सहकारी विधेयकको मस्यौदामाथी छलफल !

बागलुङ २०७५ २०७५ साउन १५ । गण्डकी प्रदेश अन्तर्गतको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलायको आयोजनामा मङ्गलबार पोखरामा गण्डकी प्रदेशको सहकारी विधेयक २०७५ को मस्यौदा माथी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कास्कि, पर्वत, बागलुङ, स्याङजा, गोरखा र तनहु जिल्लाका सहकारीकर्मीहरुको सहभागितामा भएको मस्यौदा माथिको छलफल कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापा मगरले गरेका थिए । उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री थापाले अवका सहकारीहरुले उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष जोड दिनुपर्ने बताए । मन्त्री थापाले गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउन सहकारीहरुको विशेष भूमिका रहने बताउदै विधेयक समय सापेक्ष र सहकारी मैत्री हुने जानकारी गराएका थिए ।

राम्रो कार्य गर्ने सहकारीहरुलाई प्रोत्साहन र ठगी गर्ने सहकारी संस्थाहरुलाई हदैसम्मको कार्वाही गर्ने गरी विधेयक ल्याउन लागिरहेको मन्त्री थापाको भनाई थियो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रभा कोईरालाले सहकारी मार्फत नै प्रदेशको विकास र समृद्धि सम्भव रहेको बताईन् ।

कार्यक्रममा विधेयकको मस्यौदा माथी छलफल तथा राय संकलनका लागि ४ वटा समुह विभाजन गरिएको थियो । समुहको तर्फवाट नेफ्स्कुनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल, राष्ट्रयी सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी, जिल्ला सहकारी संघ काश्कीका अध्यक्ष रविरमण तिवारी र जिल्ला बचत तथा ऋण सहकारी संघ लि काश्कीका अध्यक्ष सुदीप ढकालले मस्यौदा विधेयकमा आफ्नो समुहबाट आएका सुझाव तथा रायहरुलाई प्रस्तुत गरेका थिए ।
सहभागिबाट उठेका जिज्ञासा तथा विषयहरुलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलायका उपसचिव बद्री अधिकारीले प्रष्ट पारेका थिए ।

कार्यक्रम भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलायका सचिव सरदसीहं श्रेष्ठको अध्यक्षता र उपसचिव विरेन्द्र स्वारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *