आजको तस्वीर : यसरी मनाईयो शहीद मनोज-झपेन्द्र स्मृति दिवस !

बागलुङ २०७५ साउन १५ । नेपाल निजामती कर्मचारी संगठन बागलुङले शहीद मजोज झपेन्द्र स्मृति दिवसका अवसरमा आज बिहान बागलुङ नगरपालिका १ निरहेघाट धार्मिकस्थल स्थित बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुका लागि खाद्यान्न प्रदान गरेको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले शहीद मनोज झपेन्द्र प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै शहीदहरुको स्मृतिमा आम्दानीको केहि प्रतिशत अनाथ दीन दुखी एवं जेष्ठ नागरिकहरुका लागि धार्मिक कार्यमा खर्च गर्नु राम्रो हुने बताए । सो अवसरमा प्रमुख अतिथी एवं प्रजिअ खरेलले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।

सो अवसरमा जिल्ला शिक्षा ईकाईका प्रमुख कुस्मराज उपाध्यायले पनि मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटाको विशिष्ट उपस्थिति रहेको थियो ।

नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तेजप्रसाद निउरेले शहीदका बारेमा प्रकाश पारेका थिए भने राष्ट्रिय परिषद सदस्य सरस्वतीदेवी रेग्मीले स्वागत मन्तव्य दिएका थिईन् । सोहि कार्यक्रममा बृद्धाश्रममा बसोवास गर्ने १५ जना जेष्ठ नागरिकहरुको पुरुषोत्तम पौडेलले जानकारी दिएका थिए ।

तस्वीर- सौजन्य अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *