पहिलो पटक पर्दामा डान्सर स्मृति खवास !

निर्मल पौडेल एन पि घायल पर्वत २०७५ साउन १४ । सानै उमेर देखी चलचित्र क्षेत्रमा रुची राख्ने स्मृति खवास यतिवेला मोडलिङमा उदाएकी छिन ।

विगत लामो समय देखी डान्स शिक्षीका भएर काम गरेकी खवास पहिलो पटक पर्दामा आएकी हुन् । चञ्चले स्वभाव चट्ट ज्यू ज्यान भएकी १९ वर्षे खवास धनगडिमा जन्मेर प्रदेश नं ४ को राजधानी पोखरा लाई कर्मथलो वनाएकी छन । भर्खर कक्षा १२ को पढाइ सकेर रेष्ट गरेकी खवासले आफ्नो डान्स कक्षालाई निरन्तरता दिइरहेकी छन । भविष्यमा राम्रो डान्सर र हिरोइन भएर नेपाली डान्सीङ सेक्टर र सिने जगतमा ठुलो योगदान दिने लक्ष्य लिएकी खवास पहिलो पटक तिज गित मार्फत पर्दामा देखिएकी हुन ।

सुनिता गिरी र दिलु फगामीको तिज गित प्रदेशी दिदिमा अभिनय गरेर पर्दामा देखिएकी खवासले लोक गायक पुर्ण परियारको वलेवामा हवाइ जाहज सरर र चन्द्र क्षेत्रीको डालीमाथि वसेको मैना वोलको गितमा आफ्नो नृत्य दर्शाएकी छन् । पछिल्लो समयका चर्चित कलाकार सर्जक मोडल प्रकाश सपुत संग पहिलो पटक पर्दामा आउँदा आफुलाई भाग्यमानी ठानेको खवास वताउँछिन ।

बलेवामा हवाईजहाज सरर गीतमा पुर्ण परियारको लय शव्द रहेको छ भने स्वर पुर्ण परियार र सिता परियारको रहेको छ । तारानाथ आचार्यले एरेञ्ज गरेको गितलाई प्रिन्सेस मिडियाले वजारमा ल्याएको छ । म्युजिक भिडियोको निर्देशन पुर्ण परियार र शिव परियारले गरेका छन् । गणेश सापकोटाले छायाङ्कन गरेको भिडियोलाई रमन मालीले सम्पादन गरेका छन् । धौलागिरीको आञ्चलिकता झल्किने गितलाई धेरै दर्शक र स्रोताले रुचाउने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *