मुक्तक : बिगतका ती कुरा सबै अब भुल भो सानु !

मन सार्है दुख्दो रहेछ तिमीले बोली बार्दाखेरी
तिम्रै जितको चर्चा चल्यो म यहाँ हार्दा खेरी ।
तिमी त मेरो पीडा देखेर हास्ने मान्छे होइनौ
तर दैव पनि हाँसी रहयो मैले आँसु झार्दाखेरी ।
***
तिमीलाई धेरै माया गर्ने संग फुल भो सानू,
मन मुटुदेखि नै मायाँ दिनेलाइ कबुल भो सानू !
मत अब पराइको चुरा पोते पहिरी सके हेर,
बिगतका ती कुरा सबै अब भुल भो सानु !
***
मैले पनि तिमीले जस्तै मायाँ मार्न सिक्दैछु
मायाँको खेलमा कहिलेकाही हार्न सिक्दैछु ।
एउटा कुरा गर्छौ अनि अर्कोतिर टुङग्याउछौ
त्यसैले त मैले पनि सबै कुरा टार्न सिक्दैछु।
***
सबिता खत्री ‘जिज्ञासु’
ताराखोला गाउपालिका-३, गल्कोट,
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *