Menu

गायिका लक्ष्मी गौतमको मौलिक तीज गीत ‘बरिलै बल्लपो चाल पाईयो’ सार्वजनिक

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १० । बागलुङङ गल्कोटमा जन्मे हुर्केकी चेली लक्ष्मी गौतमले विगतका बर्षमा झै अहिले पनि बरिलै बल्लपो चाल पाईयो बोलको मौलिक तीज गीत युटुवमार्फत सार्वजनिक गरेकी छिन् ।

गीतमा चेलीबेटीको विबाह पछिको पराई घरमा रहदाको अनुभव, पिर वेदनालाई र जन्मभुमिको पेरिफेरिलाई दुरुस्त शव्दमा पोखेको पाईन्छ ।

गौतमले आफ्नै शव्द, लयमा तयार पारेको गीतलाई आफु र अमृता नेपालीले स्वर भरेका छन् । पछिल्लो समय तीज गीतको मौलिकता हराउदै गएको बेलो यो मौलिक गीत सार्वजनिक हुनु नेपाली लोक तीजको सुन्दर पक्ष मानिएको छ ।

गीतको भिडियोमा रुविना अधिकारिको प्रमुख अभिनय रहेको छ । गीतको निर्देशन अशोक विकले र छायांकन वीरेन्द्र भट्टले गरेको छन् ।

बाँकी भिडियो हेरौँ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *