भीमसेन क्याम्पसमा सञ्चालित धान्याञ्चल महायज्ञमा १ करोड २७ लाख संकलन !

बागलुङ, २०७३ फागुन १७ । भीमसेन क्याम्पस बिहु बागलुङको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले आयोजित महायज्ञमा मंगलवारसम्म १ करोड २६ लाख ७१ हजार रुपैया आर्थिक संकलन भएको छ ।

फागुन २१ गतेसम्म भीमसेन उच्च मावि बिहु १ बागलुङमा सञ्चालन हुने धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञको चौथो दिनसम्म उक्त रकम संकलन भएको कोषाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

चौथो दिन भीमापोखरा निवासी समाजसेवी होमबहादुर हमालको परिवारले बुवा नारायणदत्त उपाध्यायको नाममा ५ लाख ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको छ ।

यस्तै महायज्ञ मार्फत भीमसेन उच्च मावि र भीमसेन क्याम्पसको प्रवद्र्धनका लागि भीमापोखरा १ दपासा निवासी नन्दलाल निउरेले २ लाख २ हजार १ सय १, बिहु १ का टिकाराम कंडेलले १ लाख ५१ हजार ५ सय ५१, बिहु १ दोविल्ला निवासी राजबिर कुँवरले १ लाख २५ हजार ५ सय २५ रुपैया आर्थिक सहयोग गरेका छन् ।

यस्तै बिहु १ का देवीप्रसाद कंडेलले १ लाख २१ हजार १ सय २१, सोही स्थानका कलाधर कंडेलले १ लाख १२ हजार १ सय २५, सिगाना ६ चनौटेका कृष्ण थापाले १ लाख ११ हजार १ सय ११, बिहु १ का भवानी कंडेलले १ लाख ११ हजार १ सय ११, सोही स्थानका रविलाल कंडेलले १ लाख ११ हजार १ सय ११, सोही स्थानका शशिधर कंडेलले १ लाख ११ हजार १ सय ११, बिहु २ का लोकनाथ कंडेलले १ लाख ११ हजार १ सय ११, बिहु ४ का मनिकर्ण कंडेलले १ लाख १ हजार १ सय ११, बिहु ६ घर भई हाल काठमाडौं निवासी पद्मनाथ सापकोटाले १ लाख १ हजार १ सय ११, बिहु १ का लोकनाथ कंडेलले १ लाख १ हजार ५ रुपैया सहयोग प्रदान गरेका छन् ।

शैक्षिक संस्थाको संस्थागत विकास गर्ने पवित्र उदेश्यले आयोजना गरेको महायज्ञमा दान गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको महायज्ञ मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष भीमबहादुर खड्काले बताए ।

पण्डित कमलनयन गौतमले सांगितिक कथावाचन गरेको कार्यक्रममार्फत ३ करोड भन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य लिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिले शिक्षाको विकासका लागि सबैलाई सक्दो सहयोग गर्न अपिल पनि गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *