Menu

बीपी कोईरालाको ३७ औं स्मृति दिवसको अबसरमा गल्कोट लगायत विभिन्न स्थानमा बृक्षारोपण !

घनश्याम गौतम, गल्कोट २०७५ साउन ६ । वीपी कोईरलाको ३७ औं स्मृति दिवसमो अबसर पारेर नेपाली कांग्रेस नगर सम्वन्यन समितिले गल्कोट नगरापलिकाको हटियामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बृक्षारोपण कार्यक्रमको अबसरमा आयोजित कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बीपी कोईरालाको समाजबादी सिद्धान्तलाई अनुशरण गदै. अगाडि बढ्नुपर्ने बताए । उनले वीपीले भन्ने गरेको राजनीतिक व्यवस्था अहिले नेपालमा नयाँ संविधानमार्फत साकार भएको बताउदै समृद्ध नेपाल निर्माणको लागी सबै नेपाली एकताबद्ध भएर आगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल शिक्षक सघंका केन्द्रिय प्रतिनिधी देबेन्द्र खत्री, गल्कोट उद्योग बाणिज्य सघंका वीरेन्द्र श्रेष्ठ, गल्कोट नगरपालिका बडा नम्बर ३ का बडा अध्यक्ष बीरजंग भण्डारी नेपाली कांग्रेस गल्कोट नगर सम्वन्यन समितिका सह–सयोजक ढालीन्द्र प्रसाद गौतम, गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम लगाएतले वीपीको योगदानका चर्चा गरेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस गल्कोट नगर सम्बन्यन समितिका अध्यक्ष नारायण ध्वज मल्लको अध्यक्षता, नेपाली काग्रेस गल्कोट नगरपालिका बडा नम्बर ३ का सचिब नन्दराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच बिपि कोईरलाको ३७ औं स्मृति दिवसमो अबसर पारेर नेपालि कांग्रेस गल्कोट नगरपालिका बडा नम्बर ९ को कार्यसमितिले बासखोलामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बृक्षारोपण कार्यक्रमको अबसरमा आयोजित कार्यक्रममा बोल्दै गलकोट नगरपालिका बडा नम्बर ९ का बडा अध्यक्ष तेज बहादुर थापा त्रिलोकले वीपीले भन्ने गरेको राजनीतिक व्यवस्था अहिले नेपालमा नयाँ संविधानमार्फत साकार भएको बताए । बडा अध्यक्ष थापाले वीपीले कल्पना गरेको आर्थिक अवस्था पनि अहिले नेपालमा पूरा भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पुर्ब क्षत्रिय सभापति घनश्याम गौतमले वीपीको नीति अनुसार कांग्रेले बाटो, विजुली, पानी, शिक्षा, स्वाथ्य, सञ्चार सबै गाउँ–गाउँमा पु¥याउने काममा अग्रसर भएको बताउदै राष्टियता पजातन्त्र समाजबाद अनुरुप सबै आबद्ध भएर जनताको हक हितको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काग्रेंस गल्कोट नगरपालिका बडा नम्बर ९ का सदस्य चिरन्जीबी मरासिनीले वीपीका सपना पूरा गर्न सबै स्थानियबासी जुट्नुपर्ने बताएका थिए । उक्त अबसरमा बीपी कोईरालाको फोटोमा माल्र्यापण गरिएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस गल्कोट नगरपालिका बडा नम्बर ९ का अध्यक्ष यज्ञ प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैवीच सहकर्मी छविलाल पाण्डेले सम्प्रषित समाचारमा ३६ औं बिपि स्मृति दिवशका अबसरमा नेपाली कांग्रेस बडीगाड गांउ समितीले बृच्छारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

गांउकार्य समिती सभापति अर्जुन प्रासद खरेलको सम्योजगत्वमा भएको कार्यक्रममा बडीगाड गाउँपालिकाको वडा नँ ५ साविक ग्वालिचौर गाविसको वडा न ३ स्थित बिभिन्न वनक्षेत्र र सडक छेउछाउमा बृच्छारोपण गरिएको थियो । बृक्षारोपण कार्यक्रममा बदर, बर, टुनी, उत्तिस, बकाईनो लगाएतका १ सय बढि बिरुवा रोपिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बडीगाड गांउ कार्यसमिती सहसंयोजक कृष्ण गुरुङ,जिल्ला सदस्य गण्डकी थापा अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य सरस्वती आर्चाय लगाएत नेपाली कांग्रेसमा आबद्ध नेपाल तरुणदल, शिक्षक सँघ, महिला सँघ लगाएतको सहभागिता रहेको थियो ।

यसैगरी ३६औं विपी स्मृति दिवसको अवसरमा नेका जिल्ला कायंसमितिले आयोजना गरेको वृृक्षारोपण कार्यक्रममा जैमिनी नगरपालिका राङखानीको डाँडाखानी स्थित देवी मन्दिर परिसरमा १५० बिरुवा सारी वृक्षारोपण कार्य सम्पन्न भएको छ।

पार्टी सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यत्रmममा पार्टी सचिव नवराज पौडेलको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा मन्तव्य दिनेहरुमा पार्टी सभापति थापा, जैमिनका नगरप्रमुख ईन्द्रराज पौडेल वडा पार्टी सभापति भरत कुमार श्रीश नेवि संघ सचिव श्रीकृष्ण पौडेल, नेपाल तरूण दल क्षेत्रीय सभापति दल श्रीश, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर श्रीश, नेका नगर संयोजक काशिराम आचार्य ,नेका पुवं पाटिं जिल्ला उपसभापति पदम पुन ,क्षेत्रिय सभापति नारायण पौडेल ,नेका जिल्ला सदस्य खिमान्नद पौडेल ,नेका महासमिति सदस्य भिम श्रीश, नेका कोषाध्यक्ष उमेश गौतमले वीपीले राजनीतिक तथा साहित्यको क्षेत्रमा पुराएको योगदानको विषयमा चर्चा गरेका थिए । वक्ताहरुले नेपाली काङ्ग्रेस साच्चै सादगी कुशल संगठनलाई आगमी दिनमा संगठनलाई चलायमान गर्न गाउँ स्तरमा कायंत्रmमको आयोजना गर्नु पर्ने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *