बाटाकाचौर स्थित प्रशिद्ध सत्यवती मन्दिर परिसरमा बृक्षारोपण

शेखर थापा, बाटाकाचौर बागलुङ २०७५ साउन ६ । बरेङ गाउपालिकाले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बरेङ वडा नं. ३ को बाटाकाचौरमा अबस्थीत श्री सत्यवती मन्दिर परिसरमा बृक्षारोपण गरिएको हो ।

क्षारोपण कार्यक्रमलाई बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बृक्ष रोपेर एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको श्री सत्यवती मन्दिरको पर्यटकीय प्रर्बधनका लागि बृक्षारोपण कार्यक्रम गरिएको शर्माको भनाई छ । पर्याबरण्ीाय सन्तुलनमा प्रत्यक स्थानिय तहले योगदान पु¥याउनुपर्ने नेपाल सरकारको निर्देशन अनुसार यसअघि बाताबरण दिबशमा सम्पन्न गर्ने गरि तय गरिएको कार्यक्रम बिबिध कारण बश स्थगित भएको र शनिबार सम्पन्न गरिएको शर्माले बताए ।

बैंश, सिनकाउली, पिपल लगायतका करिब ४ सय बिरुवा रोपिएको उक्त कार्यक्रममा बरेङ गाउपालिकाका प्राय जनप्रतिनिधि र स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ऐतिहासिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको श्री सत्यवती मन्दिरले बरेङ गाउपालिकाको पर्यटकीय सम्भावनालाई उजागर गरेको छ भने दियाली पुर्णिमाको दिन बिषेश पुजाआजा गरिनुुका साथै देशी तथा बिदेशी भक्तजनहरुको समेत अत्याधिक भीड लाग्ने गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *