Menu

‘तानाशाही सरकार, खबरदार !’ओली सरकारविरुद्ध पर्वतमा तरुण दलको विशाल जुलुस !

महेन्द्र केसी पर्वत २०७५ साउन ६ । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएको शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रशासन लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो । तरुण केन्द्रिय सदस्य समेत रहेकी पर्वतकी मुना भुषाल घाइते भएकी थिइन । साथै सयौ घाइते भएका थिए । तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले सरकार दुइ तिहाइ बहुमतको दम्भमा तानाशाही बन्दै गएको बताए । उनले सरकारले इतिहासमै नभएको गलत कार्य गरेका कारण अब काँग्रेसले त्यसको प्रतिबाद गर्ने बताए ।

उनले ओली सरकार प्रेस माथि पनि आक्रामक बन्दै गएको भन्दै सरकारले सवै क्षेत्रबाट नागरिकलाई अधिकारबाट कुण्ठित गर्नको लागि परेको भन्दै त्यसको विरुद्धमा उत्रिने चेतावनी दिए । उनले आन्दोलनमा घाईते भएकाहरुको शिघ्र स्वाथ्यलाभको कामना समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *