चन्द्रकोटको एक बिद्यालयका शिक्षकहरु छात्रालाई ‘छोरी’ भन्दै खेलौना बनाउन सिपालु !

प्रेम सुनार, गुल्मी २०७५ साउन ६ । हिजो इबागलुङले ‘जुन सरले छोरी भनेर बोलाए , उनैले खेलौना जस्तै बनाए… शिर्षकको समाचार सम्प्रेषण गरे लगत्तै गुल्मीको त्यसै स्थानमा फेरी अर्की छात्रा माथी पनि अर्का शिक्षकले त्यस्तै दुव्र्यवहार गरेको खुलासा भएको छ ।

त्यस समचार आए लगत्तै फेरी सोही गाउँपालिकाकी अर्की छात्राले पनि अर्का शिक्षकबाट पछिल्लो यो घटना अघि पनि त्यस्तै दुव्र्यवाहर भएको घटना विद्यालय भित्रै मिलाईएको जानकारी पाएको त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए ।

आज विहान हामीले हिजो उठाएको विषयमा जिज्ञाषा राख्दा गाउँपालिका प्रमुख खत्रीले भने–‘ हिजो तपाईहरुले उठाएको विषय जस्तै फेरी अर्की छात्रा पनि यस अघि अर्का शिक्षकबाट त्यस्तै खाले ब्यवहार भएको र विद्यालय भित्रै मिलाईएको जानकारी प्राप्त भएको छ , शिक्षकबाटै छात्राहरु दुव्यवहारमा पर्नु भनेको गम्भीर विषय हो, यस्ता घटना वाहिर ल्याएर अन्य शिक्षकहरुलाई पनि सजग गराउन जरुरी छ ।’

उनले थपे–‘ हिजोको विषयमा ती छात्राले पारेको उजुरी वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्णप्रसाद शर्मालाई गाउँपालिकाको न्यायिक समितिमा पठाउन मैले भनि सकेको छु , समितिले गम्भीरढंगले लिने छ ।’

वडाध्यक्ष शर्माले पनि यस अघि हामी संगको कुराकानीमा त्यस घटना जटिल र वडाको दायर भन्दा माथी भएको भन्दै गाउँपालिकामा पठाउने बताएका थिए । त्यहाँका जनप्रतिनिधीहरुको आग्रहमा केहि समयका लागि ती शिक्षकहरुको नाम गोप्य राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *