पत्रकार रानाको उपचारार्थ आज मात्रै रु १ लाख १० हजार सहयोग संकलन !

डम्मर बुढा मगर, बागलुङ २०७५ साउन ४ । नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारका लागि आजैमात्र बागलुङ नगरपालिकाले रु ३० हजार, काठेखोला गाउँपालिकाले १५ हजार, तमानखोला गाउँपालिकाले १० हजार, आदर्श सञ्चार सहकारी संस्थाले १५ हजार, बागलुङ उद्योग वाणिज्य सघंले ५ हजार, प्रेम जिसी वडा अध्यक्ष काठेखोला–७, ५ हजार, पत्रकार व्दय राजेशचन्द्र÷मुकेशचन्द्र राजभण्डारीले ५ हजार, पत्रकार रामकृष्ण शर्माले ५ हजार, गीता श्रीस ५ हजार, विवेक बोहरा (हाल पोर्चुगल) ५ हजार, तालबहादुर कुवँरले ५ हजार र रवि शर्माले ५ हजार गरी १ लाख १० हजार संकलन भएको पत्रकार महासंघका अध्यक्ष दिल श्रीसले जानकारी दिए ।

पत्रकार राना ए–प्लास्टिक एनिमिया रोगको उपचारार्थ राजधानी स्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । रानाको उपचारको लागि लाखौँ रकम लाग्ने भएको हुँदा उनको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या हुँने भए पछि पत्रकार महासंघ लगाएत विभिन्न संघ संस्था एवंम व्यक्तीहरुले सहयोग अभियान संचालन गरेका छन् ।

पत्रकार रानाको उपचारका लागिसंकलित रकम केही दिन मै काठमाडौ स्थित सिभिल अस्पतालमा उपचाररत रानालाई हस्तान्तरण गर्ने अध्यक्ष श्रीसले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *