प्रजिअ खरेलव्दारा बुर्तिवाङका पीडितहरुलाई राहत रकम वितरण !
सबैका आँखा बुर्तिवाङमा, सबैको चासो बुर्तिवाङमा : कसरी सुरक्षित बन्छ बुर्तिवाङ ?

बागलुङ २०७५ साउन ४ । हिन्दुहरुको महान चाड साउने सक्रान्तिको दिन दिउँसो केहि बेर परेको अबिरल वर्षासँगै बुर्तिवाङ बजार माथीबाट झरेको पहिरोले त्राहिमाम बनेका स्थानीयबासी सोहि राति १० बजे देखी राति २ वजेसम्म परेको भीषण वर्षा पछी बगेको पहिरोले मानवीय क्षती हुन नपाएपनि बुर्तिवाङ बजारबासीको करोडौँ सम्पति नष्ट भयो । दजैनौका घर भत्किए पुरिए र ध्वस्त भए । बजारमा रुवाबासी चल्यो, न गास न बासको अवस्थामा पुगेका पीडितहरुलाई स्थानीय एक बोर्डिङ स्कूलमा आवासको व्यवस्था मिलाईएको छ ।

वर्षा पहिरोबाट पीडित परिवारलाई राहत वितरण कार्य जारी रहेको छ । राष्ट्रिय जनमोर्चा, ढोरपाटन नगरपालिका लगायतबाट पीडितहरुलाई राहत वितरण कार्य सम्पन्न भएको छ । अन्य राजनीतिक दलहरुपनि राहतका लागि अघिसर्ने विश्वास गरिएको छ ।

अहिले भरखरैमात्र जिल्ला बिपद व्यवस्थान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले सरकारका तर्फबाट प्रदान गरिने राहत रकम एक समारोहका वीच घरवारविहीन भएका ६ परिवारलाई जनही रु १० हजारका दर्ले राहत रकम वितरण गरेका छन् ।


कार्यक्रमलाई सम्वोधनका क्रममा प्रजिअ खरेलले बुर्तिवाङमा बाढी पहिरोबाट भएको क्षती प्रति गहिरो दु:ख व्यक्त गर्दै पीडितहरुसंग दुख साटासाट गर्न आएको बताए ।

प्रजिअ खरेलले पहिरोको दीर्घकालीन व्यवस्थापनका लागी बुर्तिवाङ नयाँ शहर योजना तथा सहरी विकास र सडक डिभिजन कार्यालयले सयुक्तरुपमा समन्वय गरी बृहत् कार्ययोजना बनाई काम गर्न निर्देशन समेत दिए ।

सो अवसरमा साउन १ र २ गते विहानको अबिरल वर्षाबाट पुराएको क्षेतीको पनि प्रजिअ खरेलले प्रहरी उपरीक्षक दीपक रेग्मी र प्राविधिकहरु सहितनिरीक्षण अवलोकन गरेका छन् ।

तस्वीर- अर्जुन ढकाल, बुर्तिवाङ ।
दुई वर्ष पहिले २०७३ सालको यसै महिनाको १० गते राति परेको भीषण वर्षातले राति १० बजेको समयमा तमान र भूजी खोलाहरुमा आएको बाढीले बडीगाड खोलाको किनारमा अवस्थित बुर्तिवाङ बजारबासी कुनै अनहोनीको सन्त्रासले रातभर जाग्राम बसेर बडीगाडखोलाको उर्लदो पानीको सतहलाई हेर्दै ईन्द्र भगवानलाई पुकारी रहे । त्यस्को भोलि अर्थात साउन ११ गते त्यो भेलले पुराएको क्षेती कहाली लाग्दो थियो । बुर्तिवाङ बजारका कोहि घरहरु बडीगाड खोलाले कटान गरेर बजारलाई नै खतराको घण्टीको संकेत दिई रहेको थियो भने अधिकारीचौर र बोँगादाभान गाविसहरुको केहि बस्ती र धान रोपिएका हरिया फाँटहरु बगरमा परिणत भएको दृश्यले सबैलाई धरधर रुवाएको थियो ।

बुर्तिवाङ बजारकै अस्तित्व माथी संकटापन्न स्थिती सिर्जना भएको थियो र अहिले बजार माथिबाट खसेको पहिरो र गग्रेटाहरुले बजारको पूर्वी खण्डमा पारेको तहसनहसले बुर्तिवाङ बजार एकातिर बडीगाड खोलाको कटान त अर्कोतिर बजार माथीबाट वर्षेनि खस्ने पहिरोबाट यसको अस्तित्वमाथीनै संकटापन्न स्थिति आएको छ । दुई तिरको खतराबाट कसरी सुरक्षित बनाउन सकिन्छ बुर्तिवाङ बजार ? यो नै अहिलेको गम्भीर विषय बन्नु पर्छ । केहि वर्ष पछी नयाँ शहरमा रुपान्तरित हुने बुर्तिवाङको सुरक्षाको निम्ति भरखरै देखी सोचौँ ।

यी लिंकहरु पनि पढौं

*बडीगाडको बाढीले बागलुङ,गुल्मी,पाल्पा समेत २१ जनाको मृत्यु, कैयौँ बेपत्ता !

*बडीगाडको बाढीले उत्पात, नदी किनार जलमग्न, सयौँ रोपनी जग्गा बगायो !

*तामान र भुजी खोलामा आएको बाढीले बुर्तिवाङ बजारमा हाहाकार !

*बाढीले बिगारेको निसीभूजी र बुर्तिवाङको कन्त बिजोग !

तस्वीरमा हेरौँ गत २०७३ साल साउन १० र ११ गतेको भीषण वर्षा बाढी र पहिरोले अधिकारीचौर, बोँगादोभान र बुर्तिवाङ बजारमा पुराएको क्षतीका किरण आचार्य, राम सुवेदी र सुवास पन्तले खिचेका केहि तस्वीरहरु –

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *