बरेङका अपाङ्गता भएका व्यक्तिका लागी ३ दिने मैनवत्ती निर्माण तालिम सम्पन्न

जीवन पौडेल खर्वाङ २०७५ साउन ३ । बरेङ गाउँपालिकाको कार्यलयको सहयोग र अपाङगता सरोकार संघ बागलुङको आयोजनामा अपाङ्गता भएका व्यक्तिका लागी ३ दिने अपाङ्गता अभिमुखिकरण तथा मैनवत्ती बनाउने तालिम मंगलबार हुग्दिशिर सुदलामा सम्पन्न भएको छ ।

तालिमको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्वर ४ का महासचिव तथा अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द खत्री, अपाङ्गता सरोकार संघ बागलुङका सदस्य तथा जिल्ला संजालका सदस्य विजय कुमार श्रीस, अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरे, बरेङ गाउँपालीकाका प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेल, लेखापाल पदम थापा लगाएतले सहजिकरण गरेका थिए ।

तालिममा अपाङ्गता सरोकार संघ बागलुङका सदस्य तथा जिल्ला संजालका सदस्य विजय कुमार श्रीस, अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरले सहभागिलाई मैनवत्ती बनाउने तालिममा सहजिकरण गरेका थिए । बरेङ गाउँपालीकाका ५ वटै वडा भित्रबाट अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको तालीममा बरेङ गाउँपालीका भित्रका सवै वडाका वडा अध्यक्ष, वडा सदस्य तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

बागलुङ सदरमुकाम बाट दुर्गम क्षेत्रमा रहेको बरेङ गाउँपालिका सेवा सुविधाबाट बञ्चित हुँदै आएको यो कार्यक्रमले त्यस्ता व्यक्तिको लागी यस्ता कार्यक्रम तथा तालिमले समाजमा पछाडी पारिएका व्यक्तिको लागी महत्वपुर्ण हुने भन्दै सहभागिले आगामी दिनमा पनि विभिन्न अपाङ् लक्षित कार्यक्रमको आयोजना गर्न सुझाव समेत दिएका थिए ।

साथै तालिममा अपाङ्गता भएका प्रत्यक वडाका सहभागि मध्यबाट २० जनालाई सहयोगि समाग्री समेत वितरण गरिएको थियो । जसमध्य १५ जनालाई लठ्ठी,२ जानालाई बैसाखी, ३ जनालाई सेतो छडी वितरण गरिएको अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम अधिकृत रामप्रसाद घिमिरले जानकारी दिए । त्यस्तै समापन कार्यक्रममा जीवराज शर्माको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय अपाङ्गता संजाल समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा टिकाराम गौतम, सचिव चन्द्रकला छन्त्याल, कोषाध्यक्ष रुमा विक, सहसचिव कृष्ण प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा प्रकाश वोहोरा, टेक बहादुर थापा, चन्द्र बहादुर खत्री,पार्वती शर्मा, कोपिला थापा, रमा पौडेल, रहेका छन । त्यस्तै समितिको सल्लाहकारमा गाउँपालीकाका अध्यष्क्ष कृष्ण प्रसाद शर्मा ,प्रमुख प्रसासकीय अधिकृत बैकुण्ठ पौडेल,लिलाराम पौडेल, लाल बहादु पुन, लोकवीर दमै रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *