Menu

संयोजक ढुंगानाव्दारा बुर्तिबाङमा बाढीले पु¥याएको क्षतीको अनुगमन !

सुमन सुनार, बुर्तिबाङ २०७५ साउन ३ । जिल्ला समन्वय समिति बाग्लुङका संयोजक राजेन्द्र ढुंगानाले आज बुर्तिबाङ बजारमा बाढिले पु¥याएको क्षतीको अनुगमन गरेका छन् ।

संयोजक ढुंगानाले ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजार माथिबाट मंगलबार रातीको अविरल बर्षाका कारण ठाडो खोल्सामा आएको बाढीले बजार क्षेत्रको हस्पिटललाईन, सिनेमारोड तथा सिमसारमा पु¥याएको क्षती र बुर्तिबाङको सेरामा पहिरोले परिएको घरको अनुगमन गरेका हुन ।

अनुगमन पछि ढुंगानाले बुर्तिबाङ बजारमा बाढीले पु¥याएको क्षती प्रति दुःख ब्यक्त गर्दै बाढी तथा पहिराको उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई सजग रहन आग्रह गरे । उनले जिल्ला समन्वय समिति बागलुङद्धारा पनि बाढी प्रभावितहरुका लागी राहत उपलब्ध गराउनका निम्ती प्रदेश तथा केन्द्र सम्म पहल गरिने प्रतिबद्धता जनाएका थिए । यस्तै यहाँ स्थीत सरकारी तथा गैरसरकारी संघसंस्थाहरु सक्रियताका साथ विपद् ब्यवस्थापन तथा पीडितको सहयोगमा जुट्न समेत उनको आग्रह थियो ।

अनुगमनका क्रममा पुर्ण र आंसिक रुपमा क्षती भएका ३५ जना बाढी पीडितहरुको प्रहरी मुचुल्का सहितको ब्यक्तिगत विवरण संकलन भएको र संकलित वितरण जिल्ला विपद् ब्यवस्थापन समितिको छलफलमा राखिने बताए । त्यसैगरि छुटेकाहरुले भने ढोरपाटन नगरपालिकामा रहेको नगर स्तरिय विपद् ब्यवस्थापन समितिमा क्षतीपुर्ती सहितको आफ्नो ब्यक्तीगत विवरण दिन संयोजक ढुंगानाले आग्रह समेत गरेका थिए ।

यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा सहितको टोलीले समेत बुर्तिबाङ बजारमा बाढिले पु¥याएको क्षतीको अनुगमन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *