बाढी पहिरोले पु-याएको अपुरणीय क्षतिप्रति राजमो द्वारा दुःख व्यक्त !

बागलुङ २०७५ साउन ३ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले २०७५ साउन १ गते परेको अविरल बर्षाका कारण बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं। १ र २, बुर्तिवाङ बजार र टारीखेतमा आएको बाढी पहिरोले पु-याएको अपुरणीय क्षतिप्रति दुःख व्यक्त गरेको छ।

राजमोका सचिव धर्म बहादुर कुँवरव्दारा हस्ताक्षरित विज्ञप्तीमा प्राकृतिक प्रकोप ९बाढी पहिरो० बाट पीडितलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन र विस्थापित परिवारको बसोवासको उचित व्यवस्था अविलम्ब मिलाउन सरकारसँग माग गर्दछ भनिएको छ । भर्खरै बर्षा याम शुरु हुन लागेको र जिल्लाका अन्य भुभागमा पनि यस्ता घटनाबाट धनजनको क्षती हुन सक्ने सम्भावनालाई मध्येनजर गरी सजगता अपनाउन समेत अनुरोध गरिएको छ।

त्यस्तै बुधावार ९आज० बेलुका रिघामा जीप दुर्घटना भएको समाचारले हामीलाई दुःखी बनाएको उल्लेख गर्दै जुन घटनामा नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजीर मगर सहित १४ जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारमा सहयोग पु¥याउन सम्बन्धित पक्षको ध्यानार्षण गराईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *