Menu

बागलुङ देखि बुर्तिवाङको लागि छुटेको जीप रिघामा दुर्घटना, १४ जना घाईते, ४ जनाको अवस्था गम्भीर ! !

पत्रकार महासंघका निर्वतमान महासचिव उजिर मगर सहित ८ जनलाई पोखरा रिफर !

घनश्याम गौतम, गल्कोट २०७५ साउन २ । गल्कोट नगरपालिका–११ रिघा भालुपाईले स्थित रईले खोला नजिक जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ ज १४९ नम्बरको जीप अनियिन्त्रत भई सडक नालीमा पल्टीदा जीपमा सवार १४ जना घाईते भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए। घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जीप साँझ ७ बजेको समयमा दुर्घटना भएको थियो भने जीपमा आवश्यक भन्दा बढी यात्रुहरु राखेको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

गम्भिर घाईते हुनेमा बडीगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन, पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर र बडीगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन्। अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक विकले जानकारी दिए । गम्भीर घाईते सहितका ८ जनलाई आरोग्य अस्पताल हटियामा सामान्य उपचार पछि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

अन्य घाईते निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडीगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन्। उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *