Menu

बाढी पहिरोले पु¥याएको क्षति प्रति प्रदेश सभा साँसद घर्तीव्दारा दुःख व्यक्त !

प्रशान्त घर्ति मगर, बुर्तिबाङ २०७५ साउन २ । बुर्तिबाङ तथा आसपासका क्षेत्रमा बाढि पहिरोले पु¥याएको क्षति प्रति प्रदेश सभा साँसद टेकबहादुर घर्तिद्धारा आज एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरिएको छ ।

गए रातिको घटनामा पीडत बनेका आफ्नो क्षेत्रका जनताको समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै साँसद घर्तिले राज्यका तर्फबाट राहत तथा वास व्यवस्थापनका लागि आफूले प्रदेश सभा सँसदमा ध्यानाकर्षण गर्ने विज्ञप्तिमा उल्लेख छ । बाढी तथा पहिरोमा धनमाल गुमाएका तथा विस्थापित बजेका जनताले तत्काल राज्यका तर्फबाट समस्याको संबोधन गराउने र आफू पनि तत्काल घटनास्थलमा पुगेर निरीक्षण अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बुर्तिबाङ बजारमा बाढीले पु¥याएको क्षतीप्रती नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ढोरपाटन नगर कमिटिले दुःख ब्यक्त गरेको छ ।

आज बुर्तिबाङमा बसेको पार्टिको नगर कमिटिको बैठकले बाढिले पु¥याएको क्षती प्रति गहिरो दुःख ब्यक्त गर्दै विभिन्न निर्णयहरु गरेको छ । बैठकले बाढिले घरबास गुमाएका परिवार र ब्यवसायमा क्षती पुगेका परिवारका निम्ती राहत उपलब्ध गराउनका लागी नेकपाले स्थानिय सरकार, प्रदेश र केन्द्र सम्म माग गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।

त्यसैगरि बुर्तिबाङ बजार सहित आसपासका बाढि, पहिरोको जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत नेकपाको ढोरपाटन नगरकमिटिले अनुरोध गरेको छ । साथै बाढि पहिरो प्रभावित क्षेत्रमा राहतका लागी आर्थिक, भौतिक, नैतिक रुपमा सहयोगका लागी सवैमा अपिल समेत गरिएको नेकपाका ज्ञान प्रसाद कँडेलले जानकारी दिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ढोरपाटन नगरकमिटिका नेतृत्व तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *