Menu

१५ दिन भित्र नवीकरण नगरे संघ संस्थाको दर्ता खारेज हुने !

बागलुङ २०७५ साउन २ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रजिअ बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको बागलुङ उद्योग वाणिज्य संघ, गैसस महासंघ, उपभोक्ता मन्च, कोष नियन्त्रक, करदाता सेवा कार्यालयका प्रमुख समेतको बैठकले जिल्लामा संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएर नवीकरण नगरेका संघसंस्थाहरुलाई १५ दिन भित्र नवीकरण गर्ने सम्वन्धी गृह मन्त्रालयको सूचना सम्वन्धमा सबैले समन्वय गरी जानकारी गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *